सुर्खेत, १० असार ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले किसानहरुका लागी विभिन्न फलफूलका बेर्नाहरु विक्री वितरण कार्य जारी राखेको छ । यही असार महिनादेखी नै कार्यालयले आप, कटहर, लिची, अनार अम्वा, कागती, अलैची केरा आदीका बेर्नाहरु विक्री वितरण गरिरहेकोे जनाएको छ ।
हालसम्म कार्यालयले जिल्लाका रामघाट, बाबीयाचौर, साहारे, मालारानी, मैनतडा, दहचौर, बडिडचौरका किसानहरुलाई ४ हजार बेर्नाहरु नेपालगञ्जबाट मगाइएको कार्यालयले जनाएकोे छ । यही असार १५÷१६ गतेसम्म बेर्ना आइपुग्ने र बेर्ना लिनका लागी पनि कार्यालयले सबैसंग आग्रह गरेको छ । कार्यालयले किसानहरुका लागी ५० प्रतिशत सहुलियतमा बेर्ना उपलब्ध गराउने गरेको छ ।

No comments:
Post a Comment