जुम्ला, १० असार ।
गएको आइतबारबाट तीन दिनसम्म परेको अविरल वर्षाका कारण पहिरो र बाढीमा परी जुम्लाका ४ जनाले ज्यान गुमाएका छन् । एकहजारभन्दा बढी चौपाया मरेका छन् । अविरल वर्षापछि आएको पहिरोमा परी ताम्ती गाविस वडा नम्बर ७ का खेमराज शाही र हरिबहादुर शाहीको मृत्यु भएको हो ।
पाटनमा भेडा चराउन गएका बेला उनीहरुलाई पहिरोले पुरेको थियो ।
त्यस्तै खोलाले बगाएर ताम्ती ७ का नौ वर्षीय कालीबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीले जानकारी दिए ।
देपालगाउँ गाविसका ७९ वर्षीय मधुकरे सार्कीको पनि खोलाले बगाएर मृत्यु भएको उनले बताए । मृतक चार जना मध्ये खेमराज शाही र हरिबहादुर शाहीको परिवारलाई जनही ४० हजार रुपैंयाँका दरले राहत वितरण गर्ने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
अरु दुई जनाको विषयमा निर्णय हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अविरल वर्षाका कारण ताम्ती गाविसको पाटनमा मात्रै ७ सय ६९ चौपाया मरेका छन् । ताम्ती, कुडारी, हाँकु, तातोपानी लगायतका गाविसका किसानहरुले पाटनमा चराउन लगेका पशु बस्तु मरेका हुन् ।

No comments:
Post a Comment