Sunday, June 23, 2013

प्रशिक्षक प्रशिक्षण तालिम

सुर्खेत, असार ९ ।
एकल महिलाका लागि अन्तर्राष्ट्रिय महासन्धि र लैङ्गीक समाबेशीकरणका बिषयमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एकल महिला समुहको आयोजनामा सञ्चालित तालिममा मध्य र सुदुरपश्चिमका बिभिन्न ८ जिल्लाका एकल महिलाहरुको सहभागिता थियो ।

तालिममा एकल महिला समूहकी मध्यपश्चिम कार्यक्रम संयोजक रामकुमारी थापा, वीरेन्द्रनगर नगरपालिकाका अनुगमन तथा प्रशासकिय अधिकृत प्रकाश पौडेल, एकल महिला समूहकी सुदुरपश्चिम कार्यक्रम संयोजक वेद अवस्थि र केयर नेपालकी कार्यक्रम संयोजक शोभादेवी विकले सहजिकरण गरेका थिए ।

No comments:

Post a Comment