सुर्खेत, ९ असार ।
सुर्खेतमा ग्रील सटर तथा स्टील उद्योगहरु खस्किदो अवस्थाका रुपमा रहेको छन् । अस्वस्थ्य प्रतिस्पर्धा, दक्ष कामदारको अभाव, सोचेजति मूनाफा नहँुदा उद्योगको अवस्था खस्किएको हो । प्रशासनको सहयोग नभएको र उद्योगहरु व्यवस्थित बनाउनतीर कसैले ध्यान नदिएकाल कारणले पनि यो समस्या देखिएको ग्रील तथा स्टील व्यवसायी संघ सुर्खेतका अध्यक्ष रत्न नेपालीले बताए ।
हालसम्म कूल ४५ वटा उद्योगहरु मध्ये ३४ वटा दर्ता छन भने बाँकी ११ वटा विना दर्ता प्रक्रिया नै सञ्चालनमा रहेको नेपालीले जानकारी दिए । हालसम्म ८ भारतीय सहित ५० जना दक्ष कामदार रहेका उद्योगहरुले केही विकास गरेपनि कामदार अभाव र लगानीको समस्याले १० वटा उद्योगहरुमा ५ वटा बन्द भइसकेका छन् ।
त्यस्तै अरु ५ वटा उद्योग बन्द हुने अवस्थामा रहेको अध्यक्ष्या नेपालीले बताए । आउँदो भदौबाट सुर्खेतमा पनि दक्ष प्रशिक्षणका साथ तालिम सञ्चालन गरीने संघको योजना छ । साथै आगामी वर्षहरुमा सुर्खेतलाई केन्द्र बनाएर ग्रील तथा सटर उद्योगहरुको विकास गरिने संघले जनाएको छ ।
No comments:
Post a Comment