सुर्खेत, ९ असार
सुर्खेतका स्वास्थ्यकर्मीहरुले कार्यालय समयमा आइतबार हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । स्वास्थ्यकर्मीहरुको पदस्थापन गर्न माग गर्दै गत बैशाख २७ गते सरकारलाई २१ बुदे माग पेश गरिएकोमा हालसम्म कुनै सुनुवाई नगरिएको विरोधमा हातमा कालो पट्टि बाँधेर काम गरेका हुन् । स्वास्थ्य ऐन र निजामति सेवा ऐन एकै दिन जारी भएपनि लामो समयसम्म स्वास्थ्यकर्मीहरुको पदस्थापना नगरिएको भन्दै सुर्खेतका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सरकारले आफ्ना मागहरु तत्काल सम्बोधन नगरे थप कार्यक्रमसहित आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल स्वास्थ्यकर्मी युनियन र नेपाल स्वास्थ्य प्राविधिक संघ सुर्खेतले आइतबर संयुक्त रुपमा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपज्ञ बुझाएका छन् । गएको बैशाख १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेका मागहरुको सरकारले हालसम्म वेवस्ता गरेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । उक्त मागहरुप्रति मन्त्रालयले कुनै प्रतिक्रिया नदिएपछि गएको जेठ २६ गते ध्यानाकर्षण पत्र पेस गरिएकोमा त्यसमा पनि हालसम्म कुनै प्रतिक्रिया नआएपछि आफूहरु आन्दोलनमा जान बाध्य भएको नेपाल स्वास्थ्यकर्मी बताइएको छ ।
No comments:
Post a Comment