Thursday, July 11, 2013

सुर्खेती साहित्यकारले भानुलाई सम्झने

सुर्खेत, २७ असार ।
दुई सयौँ भानु जयन्तीको अवसरमा सुर्खेतका साहित्यकारहरुले भानुभक्त आचार्यलाई सम्झने भएका छन् । आगामी शनिवार मनाउन लागिएको आदिकवि भानुभक्त आचार्यको दुई सर्याँै जन्मजयन्ती सुर्खेतमा खुला कविता प्रतियोगिता र कृति विमोचन कार्यक्रम गरी मनाईदैछ । 
वाङमय चौतारी सुर्खेको आयोजना र विश्व नेपाली साहित्य महासंघको
सहआयोजनामा शनिवार सुर्खेत क्याम्पस शिक्षाको हलमा दिउँसो १ बजे कार्यक्रम गर्ने निर्णय गरिएको वाङमय चौतारीका अध्यक्ष गणेशभक्त गौतमले जानकारी दिए ।
बुधवार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको बैठकले संस्थाका कोषाध्यक्ष गीता रेग्मीद्वारा लिखित ‘स्मृतिका ती क्षण’ यात्रा संस्मरण र ‘फेरी त्यहिँ फर्किन चाहन्न –जहाँ थिएँ म’ कथा संग्रहको विमोजन पनि भानु जयन्तीकै अवसरमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले विश्व नेपाली साहित्य महासंघको हालै सम्पन्न अधिवेशनबाट सचिव पदमा निर्वाचित हुनुभएका साहित्यकार खगेन्द्र अधिकारी अमृतलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएको छ । 
नेपाली भाषाका आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यको जन्म विक्रम सम्बत १८७१ साल असार २९ गते तनहुँको रम्घामा भएको थियो भने विक्रम सम्बत १९२५ असोज ६ गते देहवसान भएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला र वधुशिक्षा नामक कृति लेखेका थिए भने हजारौँ वर्षदेखि पूर्विय उपजीव्य बनेको प्रतिनीधि ग्रन्थ रामायणलाई नेपालीमा पुनर्जन्म गराएका थिए ।

No comments:

Post a Comment