Thursday, July 11, 2013

विद्यालय स्तरिय फूटबल हुने

सुर्खेत, २७ असार ।
आगामी साउन १ गतेदेखि अखिल नेपाल फुटवल संघ सुर्खेतको आयोजनामा विद्यालय स्तरीय छात्रछात्रा कोकाकोला कप फुटवल प्रतियोगिता हुने भएको छ । नकआउट चरणका आधारमा खेलाइने खेलमा विजेता टोलीले क्षेत्रीय प्रतियोगितामा समावेश गरिने एन्फा रेफ्री चन्द्रप्रकाश शाहीले जानकारी दिए । 
प्रतियोगितामा सहभागि जनाउनेहरुका लागि यही असार २८ गतेसम्म नाम दर्ता खुल्ला राखिएको छ शाहीले बताए । बुधबारसम्म १२ वटा विद्यालयका छात्र र पाँच विद्यालयका छात्रा टोलीले नाम दर्ता गराएका छन् ।

No comments:

Post a Comment