सुर्खेत, २७ असार ।
नेकपा एमाले क्षेत्र नं. ३ का क्षेत्रीय कमिटी सचिव हरिप्रसाद अधिकारीले पदत्याग गरेको घोषणा गरेका छन् । पार्टी भित्र गुटगत प्रवृत्ति हावि भएको भएको भन्दै उनले विज्ञप्ति मार्फत पद त्याग गरेको घोषणा गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले हालै जिल्ला कमिटी सदस्यमा २७ जनालाई मनोनित गरेपछि उनी असन्तुष्ट बनेका हुन् । जिल्ला कमिटी सदस्य मनोनयनका क्रममा असन्तुष्ट भएपछि उनले पद त्याग गरेको घोषणा गरेका हुन् ।
No comments:
Post a Comment