Thursday, July 11, 2013

अनेरास्ववियुको क्षेत्रीय अधिवेशन

सुर्खेत, २७ असार ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू सुर्खेतले क्षेत्र नंं १ को क्षेत्रीय अधिवेशन रामघाट गाविसमा सम्पन्न भएको छ ।  क्षेत्रीय अधिवेशनले विष्णु महतराको अध्यक्षतामा २३ सदस्यीय नयाँ क्षेत्रीय कमिटि सर्वसम्मत् चयन पनि गरेको छ ।  

नयाँ कमिटिको उपाध्यक्षमा ऋषिराम डाङ्गी, सचिवमा विराजन परियार, सहसचिवमा घनश्याम सोनी र कोषाध्यक्षमा वविता विक चयन भएको अनेरास्ववियू सुर्खेतका सचिव प्रेम खड्काले बताए । 
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख तथा अनेरास्ववियूका पूर्व सचिवालय सदस्य टेकेन्द्रकुमार बस्नेतले नयाँ पुस्तालाई राजनितिक नेतृत्व हुनुपर्नेमा जोड दिए । 
प्रमुख अतिथि रहेका बस्नेतले शिक्षामा यथावत रहेका विकृति हटाउन नेकपा एमालेलाई अवको निर्वाचनमा दुई तिहाई वहुमतले जिताउन आवश्यक रहेको बताए ।  अधिवेशनमा नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य तेजविक्रम बस्नेत, अनेरास्ववियूका केन्द्रिय सदस्यहरु कमल सिजापति, यामराज शर्मा, सुरेश विसी, सुशील थापा, जिल्ला अध्यक्ष डम्वर गरंञ्जा तथा एमाले क्षेत्रीय अध्यक्ष विनोद गिरी लगायतको सहभागीता रहेको आयोजक कमिटिका संयोजक गौरी वलीले जानकारी दिए ।

No comments:

Post a Comment