काठमाडौं, २६ असार ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा बौद्धमार्गीहरुले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् । सुर्खेतको काँक्रेविहारको घटनालाई लिएर विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सम्पूणर््ँ बौद्धमार्गीहरु एक हौं, बुद्ध जन्मेको देशमा बुद्धको अपमान बन्द गर, धार्मिक विभेदको अन्त्य गर लगायतका नारा लगाउदै उनीहरुले बालुवाटरमा प्रदर्शन गरेका हुन् ।
काँक्रेविहारमा बुद्धको मूति स्थापना गर्न नदिएको भन्दै प्रदर्शनकारीहरु आन्दोलित भएका हुन् । बुद्ध जयन्तीको अवसर पारी सुर्खेत जिल्लाको स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली–८ स्थित काँक्रेविहारमा भगवान् बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरि रोक लगाएको थियो ।
सोहि घटनाको विषयमा मंगलबारदेखि सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले ५ बुँदे माग राखेका छन् । बौद्धमार्गीहरू माथी प्रहरी प्रशासनले गरेको ज्याजति विरुद्धमा सार्बजनिक रुपमा स्थानिय स्तरमा नै प्रहरी प्रशासनले माफी माग्नुपर्ने, बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मूति आदि रहेको क्षेत्रमा बौद्धमार्गीहरू माथि दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी गरिनुपर्ने, काँक्रेबिहार ब्यबस्थापनका लागि सरकारबाट उचित बजेटको व्यवस्था गर्नुपर्ने र आस्थाको केन्द्रहरूमा बौद्ध मार्गीहरूले निर्वाध र शान्तिपूर्ण तवरबाट पाठ–पूजा गर्न पाउनुपर्ने र उनिहरूको शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले गनुपर्ने लगायतका मागहरु राखेका छन् ।
यसअघि बुद्धको मूर्ति १५ दिनभित्र काँक्रेविहारमा स्थापना गरियोस भनी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई महासंघले ज्ञापनपत्र बुझाए पनि मागको सुनुवाई नभएपछि महासंघ आन्दोलनमा उत्रन बाध्य भएको महासंघका अध्यक्ष नगेन्द्रकुमार कमालले बताए ।
No comments:
Post a Comment