रामकुमार शाही
सुर्खेत, २१ असार ।
सबै एकजुट भएर लाग्ने हो भने खुला दिसामुक्त क्षेत्र घोषणा गर्नकै लागि कुनै दातृ निकायको मुख ताकिरहनु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन पूर्वि सुर्खेतको मालारानीवासीहरु ।
सुर्खेत जिल्लालाई सन् २०१५ सम्ममा खुला दिसामुक्त जिल्ला बनाउने अभियानलाई सफल पार्न यतिवेला सुर्खेतका विभिन्न गाविसहरु खुला दिसामुक्त घोषणा गर्ने होडवाजी चलिरहेका बेला विहिवार सुर्खेतको मालारानी गाविसलाई पनि खुला दिसामुक्त क्षेत्र घोषणा गरियो, यो भन्दा अघि खुल्ला दिसामुक्त घोषणा भईसकेका २५ गाविसभन्दा फरक रुपले ।
मालरानीलाई खुला दिसामुक्त घोषणा गरिएसँगै जिल्लामा खुला दिसामुक्त गाविसको संख्या २६ पुगेको छ ।
यसअघि घोषणा भएका गाविसहरुलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी निकायहरुको अुनदान तथा सहयोग उपलब्ध रहेको हुन्थ्यो तर मालारानी गाविस भने विशुद्ध स्थानीयको सक्रियतामा खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । घोषणासँगै स्थानीयले छातीमा हात राखेर आगामी दिनमा खुला रुपमा दिसा नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यसअघि घोषणा भएका गाविसहरुलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी निकायहरुको अुनदान तथा सहयोग उपलब्ध रहेको हुन्थ्यो तर मालारानी गाविस भने विशुद्ध स्थानीयको सक्रियतामा खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । घोषणासँगै स्थानीयले छातीमा हात राखेर आगामी दिनमा खुला रुपमा दिसा नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
गाविसमा रहेका विभिन्न समूह, गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिल तथा स्थानीय महिला स्वयम्सेविकाहरुको सक्रियतामा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो । आफ्नो मेहेनेत र सक्रियताले सफलता हात पारेकोमा खुशी हुँदै स्थानीय स्वयम्सेविका भूमिसरा गैरेले भनिन, ‘सुरु सुरुमा कति तलव खाएका छौ भनेर हेपेर बोल्थे, आज हाम्रै सक्रियताले अभियान सफल भएको छ’, ‘यसमा हामीलाई गर्व लागेको छ’ उनले थपिन ।
एक हजार दुई सय २१ घरधुरी रहेको मालारानीमा एक हजार ६१ निजी तथा ८० वटा संयुक्त पक्कि शौचालय निर्माण गरिएपछि विहिवार गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले खुला दिसामुक्त क्षेत्र घोषणा गरेको हो । २०६८ सालबाट अभियान सरसफाई थालिएको मालारानीमा अभियान थाल्नुअघि एक हजार एक हजार १० घरधुरीमध्ये चार सय ३६ घरपरिवारले मात्रै शौचालयको प्रयोग गर्ने गरेका थिए ।
अभियानपश्चात उक्त गाविसमा २०६८ को जनगणना अनुसार एक हजार दुई सय २१ घरधुरी छ भने हाल प्रायःजसोले शौचालयको प्रयोग गर्ने गरेका छन् । औपचारीक रुपमा विहिवार आयोजना गरिएको घोषणा सभामा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर आवेद हुसैन, जिल्ला विकास समितिका ईन्जिनियर ओमदत्त रेग्मी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सदस्य महेश तिवारी, एमाले जिल्ला अध्यक्ष नवराज रावत, पूर्व गाविस अध्यक्ष धु्रवकुमार शाही र गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष तिलकराम अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
अनुगमन तथा सुपरिवेक्षण कार्यालयको समन्वयमा भएको उक्त कार्यक्रममा जिल्लामै नमुना काम गरेको भन्दै कार्यालयको तर्फबाट रु पचास हजारको चेक गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक एवं गाविस सचिव बुद्ध बहादुर हमाललाई हस्तान्तरण गरिएको थियो ।
गाविस स्तरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, स्थानीय अगुवा, शिक्षक, महिला स्वयम्सेवीका, विभिन्न विद्यालयका विद्यार्थीहरु एवं सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

No comments:
Post a Comment