सुर्खेत, २८ असार
काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस बिहीबार बाँकेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेहरुमध्य ३ जनाको अवस्था गम्भीर रहेको छ । महेन्द्र राजमार्ग अन्र्तगत बाँकेको महादेवपुरी–७ मुगुवामा विपरित दिशाबाट आइरहेको ट्रिपसँग ठोक्किदाँ बस दुर्घटना भएको हो । काठमाडौंबाट सुर्खेततिर आउँदै गरेको ना ४ ख ३८३३ नम्बरको बस र ना १ ख ३४४८ नम्बरको ट्रिपर एक आपसमा ठोकिदाँ ट्रिपरचालक नुवाकोटका सुभाष तामाङका मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गम्भीर घाइते हुनेहरुमा सुर्खेत पिपिराका १९ वर्षिया मदन केसी, कालिकोट मेहलमुडीका ४० वर्षिया सक्करबहादुर बम र सोही ठाउँका ५७ वर्षिया साइली बम रहेका छन् । घाईते सबैको कोहलपुरमा उपचार भईरहेको छ ।
No comments:
Post a Comment