Monday, July 15, 2013

म.प. विश्वविद्यालय

पारिश्रमिक नपाए ताला खोल्दैनौँ
सुर्खेत, १ साउन ।
करार प्राध्यापकहरुले विश्वविद्यालयमा लगाएको ताला पारिश्रमिक नपाए सम्म ताला नखोल्ने जनाएका छन् । यथाशिघ्र पारिश्रमिक उपलब्ध गराउनुपर्ने लगाएतका विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएको करार प्रध्यापकहरुले उक्त जानकारी दिएका हुन् ।
करार प्राध्यापक संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विश्वविद्यालयका पदाधिकारहरु संबेदनशील नभएको बताएका छन् । संघले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कुनै पनि श्रमिकले आफूले काम गरेवापतको पारिश्रमिक पाउनु पर्ने भएपनि आफूहरुले करारमा नियुक्ति भएदेखि नै पारिश्रमिक नपाएको बताएका छन् ।
संघका अध्यक्ष डि.बि. गुरुङले पहिलो सेमेस्टर सकिँदा सम्म चुप लागेर वस्दा पनि पारिश्रमिक नपाएपछि तालाबन्दी गर्नुको विकल्प नभएकाले आफूहरुले ताला बन्द गरेको बताए ।
आर्थिक बर्ष सकिँदा पनि पदाधिकारीहरुले आफूहरुलाई तलब दिने तर्फ चासो नदिएको समेत गुरुङको भनाई छ । “पदाधिकारीहरु सुर्खेतमा नबस्ने र त्यस सम्बन्धमा चासो नै नदिएपछि ताल बन्द गर्नुको विकल्प भएन” उनले भने “हामी बार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न चाहेका छौँ तर पदाधिकारीहरुले चासो दिनु प¥यो नी ।” 
गुरुङले आफूहरु विश्वविद्यालयमा उत्पन्न समस्यालाई समाधान गरी गति दिनुपर्छ भन्ने संघको माग भएकाले यथाशिघ्र वार्ता गर्न पदाधिकारी जिम्मेवार हुनुपर्ने बताए । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण आंशिक, मासिक, ज्यालादारी, करार, अस्थायी प्राध्यापक तथा कर्मचारीको पेशागत सूरक्षा सुनिश्चित गर्नुपर्ने बताउँदै गुरुङले विश्वविद्यालय पदाधिकारीहरु अविलम्ब केन्द्रीय कार्यालय सुर्खेतमा आई विद्यमान समस्याको समाधानको लागि पहल गर्नुपर्ने बताए । 
विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक तथा कर्मचारीलाई काममा लगाइ पारिश्रमिक उपलब्ध नगराउने विश्वविद्यालयको कदम प्रति कुनै पनि हालतमा करार प्राध्यापक संघ समर्थन नगर्ने र सम्पूर्ण प्राध्यापकहरुको हकअधिकार र सेवा सुविधाको रक्षाका लागि जुनसुकै पहलकदमी लिन पनि तयार रहेको संघले जनाएको छ । 
संघका सचिव विष्णुकुमार खड्काले विश्वविद्यालय अहिले समस्याले ग्रस्त भएको बताउँदै स्थापनाका लागि संघर्ष गर्नेहरुले सोच्नुपर्ने बेला आएको बताए । “हामी जागिरे मनोदशाले ग्रसित छैनौँ” सचिव खड्काले भने “तर विश्वविद्यालय स्थापनाका लागि संघर्ष गर्नेहरु र स्थानीय राजनीतिकदलहरुले विश्वविद्यालयको संस्थागत विकासका लागि सोच्नुपर्छ ।” विश्वविद्यालयको प्राज्ञिक उन्नयन र साखलाई बृद्धि गर्न र सेमेस्टर अनुरुपको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आंशिक प्रकृतिको ज्यालादारी प्राध्यापकबाट सम्भव नभएको र यसले प्राध्यापन पेशा अँगालेका आम प्राध्यापकहरुको पेशागत वृत्ति विकास समेतलाई गम्भिर असर पार्ने खड्काको भनाई छ । 
आंशिक प्राध्यापकको अवधारणा नै गलत भएको ठहर गर्दै करार प्राध्यापक संघले कम्तिमा पनि करार प्रध्यापकबाट नियुक्ति प्रक्रिया अगाडी बढाउनुपर्ने संघको ठहर रहेको जनाईएको छ । संघले विश्वविद्यालयमा ६ बुँदे माग सहित गरिएको तालाबन्दी कुनै पनि पदाधिकारी वा ब्यक्तिको उक्साहट र निर्देशनमा नभएकोले आफ्ना मागहरु सुनुवाई नभए सम्म ताला नखुल्ने जनाएको छ । 
विश्वविद्यालयको स्वस्थ विकासका लागि विश्वविद्यालयमा भए गरेका विकृति र विसंगतिलाई चिर्दै आम नागरिक समाज, बुद्धिजीवी एवंम सचेत व्यक्तिहरु मध्यपश्मिाञ्चल विश्वविद्यालयको विकास गर्न कुनै पनि आग्रह पूर्वाग्रह नराखी सम्पूर्ण समस्याहरुको समाधान प्याकेजमा समाधान निकाल्न संघले अनुरोध गरेको छ । 
संघका उपाध्यक्ष रमेश विष्टले विश्वविद्यालयलाई गति दिनका लागि सबैको सकारात्मक सोच आवश्यक रहेको बताउँदै त्यसका निम्ति पदाधिकारुहरुले छलफल गर्न जिम्मेवार हुनुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोगले गत मंंसिर महिना देखि रकम निकासा नगरेपछि  विश्वविद्यालयमा कर्मचारी तथा प्राध्यापकको तलब भत्ताका साथै अन्य काममा समेत असर परेको छ । 
आयोगमा रकम निकासाका लागि विश्वविद्यालयले आवश्यक पहल नचालेकाले कतिपयको आरोप रहेको पाइन्छ । रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भनेपनि विश्वविद्यालयको सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमा तालाबन्द भएकाले प्रभावित भएको छ । 
विभिन्न मागहरु राख्दै संयुक्त विद्यार्थी कार्यदलले तालाबन्दी गरेकोे भएपनि अझै सम्म ताला खुल्न सकेको छैन् हाल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेत र सम्पर्क कार्यालय काठ्माण्डौँमा दुई–दुई वटा ताला लगाईएका छन् । वार्ता र छलफलका लागि आफूहरु तयार भए पनि उपकुलपति र रजिष्ट्रारले  समस्याको समाधानको लागि कुनै पहल नचालेको आन्दोलनकारीहरुको आरोप रहेको छ । 

No comments:

Post a Comment