Monday, July 15, 2013

विवाह गरेको २६ वर्ष पछि धर्म सन्तान

सुर्खेत, १ साउन ।
सुर्खेत जिल्ला जर्बुटा– १ निवासी नैने बुढा र तुलसा बुढा विवाह गरेको २६ वर्षपछि जिल्ला बाल कल्याण समिति सुर्खेतबाट धर्म सन्तान प्राप्त गरेका छन् । सन्तान नहुँदाको पिरमा आशु मात्र वगाउने तुलसाको काखमा कुनै दुःख नगरि छोरा पाएकोमा एक चमत्कारको महशुस गरेकी छन् । उनको परिवार, नातेदार र छिमेकी हर्ष विभोर छन् र अविर, धुपबत्ति सहित बालकको स्वागत गरिएको छ ।
धर्म सन्तान दिने प्रक्रियमा तुलसाको घर पुगेको जिल्ला बाल कल्याण समिति सुर्खेतका अधिकृत रमा भण्डारीसंग कुरा गर्दा पनि उनका आंखा ओभानो रहेनन् । उनले भनिन् –“सन्तान नभएकोले सबै कामको लत्ता छोडि सकेको छु । अब यो घरबारी पनि बेचेर बजार तिर बस्ने सोचेको छु ।” सन्तानको अभावमा बेचैनी
परिवारमा आज खुसी छाएको छ ।  मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा मिति २०७० असार २८ गते साँझ ६.४५ बजे एक युवतीले जन्माएको नवजात शिशु (छोरा) जिल्ला बाल कल्याण समिति सुर्खेतको जिम्मेवारीमा परित्याग गरिन् । परित्याग गरिएको शिशुलाई सन्तान नभएका दम्पत्तिले कानुनी रुपमा धर्म सन्तानको
रुपमा ग्रहण गर्नसक्ने कानुनी व्यवस्था छ भए अनुरुप तुलसाको दम्पतिले नवजात शिशु पाएका हुन् । ३ किलोग्रामको स्वस्थ शिशु अवस्था सामान्य छ ।

No comments:

Post a Comment