Monday, July 8, 2013

व्यापारी नआएपछि आँप कुहिने डरमा कृषक

बजारको लागि समन्वय भैरहेको छः कृषि कार्यालय 
सुर्खेत, २५ असार
सुर्खेत जिल्लाका आँप खेति गर्ने कृषकहरु आँप पाक्नै लाग्दा पनि खरिदका लागि व्यापारीहरु नआएपछि कुहीने होकी भन्दै निरास भएकाछन् । 

विगतका बर्षहरुमा भन्दा यस बर्ष राम्रो उत्पादन हुने देखिएपछि सुरुमा आँपबाट राम्रो संभावना देखेका कृषकहरु आँप रुखमै पाक्न लाग्दा समेत बिक्रि नभएपछि बिक्रि नै नहुने होकी भनी निरास भएकाहुन् । सुर्खेतका रामघाट, दशरथपुर, मेहलकुना, साहारे, लेखफर्सा, गुमी, मैनतडा, बाबियाचौर लगाएतका गाविसमा व्यावसायिक आँप खेति गरिदै आएको छ । जिल्लामा करिब दुई सय ८० हेक्टर क्षेत्रफलमा आँप खेति गरिने र तीन हजार मेक्ट्रिकटन भन्दा बढी आँप उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख बिजय गिरीले बताए ।  जिल्लामा फलफूल खेति मध्ये आँप खेति सबै भन्दा बढी र राम्रो मानिन्छ । आँपलाई खेतिनै प्रमुख खेतिका रुपमा गदै आएका कृषकहरुलाई क्षती हुँदा असर पुग्ने गरेको छ । रामघाट ४ का रमेश खत्रीले दुई विगाह जमिनमा आँप खेति गरेको र व्यापारीहरु आँप खरिदका लागि नआएपछि रुखमै पाकेर छर्ने गरेको बताए । बिक्रिका लागि छिन्चु र वीरेन्द्रनगर बजार सम्म लिदा पनि बिक्रि नहुने र बिक्रि भएपनि उचित मूल्य नपाएको उनको भनाई छ ।  यता जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख विजय गिरीले अहिले तराई र भारतको आँपले गर्दा बजार नपाएपनि केहि समय मै बजार पाउने भन्दै किसानहरुलाई आत्तियर काचो आँप नबेच्न आग्रह गरेकाछन् । सुर्खेतमा उत्पादन हुने आँप विगतका बर्षहरुमा पोखरा  लगाएतका ठाउँमा बिक्रि हुने गरेको र यस बर्ष व्यापारीहरु नआएको बताए । हाल सम्म कार्यालयमा प्रत्यक्ष रुपमा कुनै किसानले बजारको लागिा आग्रह नगरेको बताउँदै गिरीले बजारको लागि सहकारी वा समुह मार्फत आएमा समन्वय गर्ने बताए । विगतका बर्षहरुमा कृषकहरुले काँचो आँप बिक्रि गरेकाले ग्राहकहरुमा समेत सुर्खेतको आँप राम्रो हुदैन भन्ने बुझाई परेकाले समेत राम्रोसंग पाक्ने समय भएपछि मात्रै बिक्रि गर्न समेत गिरीले आग्रह गरेकाछन् ।     

No comments:

Post a Comment