Thursday, July 18, 2013

बसपार्क निर्माण कार्य अझै पुरा भएन


सुर्खेत, ४ साउन ।
बसपार्क निर्माण सुधारको कार्य असार १५ भित्र  पुरा गर्नेे भनिएता पनि अहिले सम्म दोस्रो चरणको काम पनि पुरा हुन सकेको छैन् ।
बसपार्क निर्माण सुधार समितिले पुरानो बसपार्कलाई विस्थापित गरि सिटी बसपार्क बनाउने योजना अनुसार बैसाख ६ गते नगरपालिकासंग सम्झौता गरी निर्माण कार्यलाई आसार १५ भित्र सम्पन्न गरिने भनिएता पनि निर्माण कार्यका  लागि कामदार भारतबाट ल्याउनुपर्ने र बाहिर जाँदा समय लाग्नुका साथै भाषामा पनि समस्या भएकै कारण तोकिएको समय भन्दा केही ढिलाई हुन गएको समितिका अध्यक्ष लोमनकुमार बुढाले बिहिबार पत्रकार सम्मेलनमा बताए हुन ।
बसपार्कको (वेस कम) पिच गर्नु भन्दा अगाडी आवश्यक साम्रागी बर्षादका कारण जुटाउन समस्या भएकोले पनि समय लम्बिएको बुढाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । बसपार्क निर्माण कार्यको पहिलो चरण अन्तरगत कटिङ्क, फिटिङ्क लगायत गरि ६० लाख बराबरको रकम खर्च भएको जनाइएको छ । 
काम सुरुवातदेखि आजसम्म ढुङ्कगा विच्छयाउने र माटोले पेल्ने काम सुचारु भएतापनि तेस्रो चरण अन्तरगतको काम पिच गर्ने भनिए पनि अहिले सम्म कुनै निष्कर्षमा नपुगेको नगरपालिकाका सहायक इन्जिनियर तेजबहादुर शाहीले बताए । साथै उनले तेस्रो चरणका लागि सम्पूर्ण डिजाइनिङ्क नगर विकाससंगको सहकार्यमा गरिने समेत पत्रकार सम्मेलनमा जनाए । साथै बसपार्कको दोस्रो चरणसम्म आइपुग्दा प्रथम किस्तामा जम्मा १२ लाख ५० हजार रकम भएकोमा २० लाख ८४ हजार ४ सय ढुङ्कगामा खर्च भएको, तेस्रो किस्तामा नगरपालिकाबाट १४ लाखमा १० लाख ३७ हजार ४ सय खर्च र चौथौ किस्ता पनि नगरपालिकाको सहयोगबाट प्राप्त ४ लाखमा ६ लाख २० हजार लगायत अन्य गरी जम्मा ३९ लाख ४३ हजार ४ सय सत्तरी रुपैयाँ खर्च भएको जनाईएको छ ।
     

No comments:

Post a Comment