Thursday, July 18, 2013

खेताला अभिभावक मार्फत नेतृत्व हत्याउने तयारी


सुर्खेत, ४ साउन ।
सुर्खेतको सबै भन्दा पुरानो विद्यालय जन उच्च माविमा विगत एक बर्षदेखि नेतृत्व विहिन बनेको छ । शिक्षा नियमावली अनुसार गत भदौंमा विद्यालय व्यवस्थापन समिति छनौट गर्नुपर्नेमा हाल सम्म पनि व्यवस्थापन
समितिको नयाँ नेतृत्व चयन हुन सकेको छैन् ।
दुई हप्ता अघि सुरु भएको विद्यालय व्यवस्थापन समिति छनौट प्रक्रिया अन्यौल बनेको छ । विद्यालय व्यवस्थापन समितिको नेतृत्वका लागि विवाद भएपछि सर्वसम्मत हुन नसकेको हो । पटक पटकको प्रयास पछि पनि व्यवस्थापन समितिको नेतृत्व चयन गर्न नसकेपछि विद्यालयका प्राचार्य याम श्रेष्ठ, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकुमार सुवेदी, छिमेकी विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दाहाल र भूमिसरा चपाई सहितको सहजिकरण समिति गठन गरिएको थियो । एक हप्ता भित्र सहजिकरण गरी सर्वसम्मत समिति चयन गर्ने जिम्मेवारी तोकिएपनि सहमति हुन सकेन । सहजिकरण समितिको म्याद सकिएको छ ।
जन उच्च माविमा नेतृत्व छनौटको प्रयाससंगै हुन सक्ने निर्वाचनलाई समेत ख्याल गर्दै प्राचार्यको नेतृत्वमा रहेको विद्यालय प्रशासन टिमले विद्यार्थीका नक्कली अभिभाकको नामावली तयार गरेको छ । खेताला अभिभावक तयार गरी विद्यालयको नेतृत्व हत्याउने चलखेल भैरहेको छ ।
भर्ना रजिष्टरको बेवास्ता गर्दै विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समिति अध्यक्षका उमेदवार एवंम नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष गोविन्द कोइरालाको अनुकुलका व्यक्तिहरुको नामावली अभिभावकमा चढाईएको छ ।
शिक्षा ऐन र निवयमालीले अभिभावकलाई दुई प्रकारमा विभाजन गरेको छ । संरक्षण गर्ने अभिभावक र अर्को बुबा, आमा, बाजे, बज्यै, दाजु, भाईलाई मताधिकार सहितको अभिभावकको हुने व्यवस्था गरेको छ । शिक्षा ऐन र नियमावलीलाई ख्यालै नगरी व्यवस्थापन समितिको नेतृत्व हत्याउँनकै लागि विद्यार्थीको नामावली तयार गरी उनीहरुको अभिभावकमा खेताला अभिभावकको नामावली तयार गरिएको छ ।
मतदान प्रयोजनका लागि खेताला अभिभावकको नामावली प्रकाशन गरिएको भन्ने जिज्ञासामा विद्यालयका प्राचार्य याम श्रेष्ठले अस्वीकार गर्दै अभिभावक भेलाका लागि मात्रै नामावली प्रकाशित गरिएको प्रतिक्रिया दिए । निर्वाचन गर्न शिक्षा नियमावलीलेनै कुनै व्यवस्था नगरेकाले निर्वाचन भन्दापनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहेको प्राचार्य श्रेष्ठले जानकारी दिए ।
जिल्लाकै सबै भन्दा पुरानो, ठूलो विद्यालय हुनुका साथै आर्थिक रुपमा समेत बार्षिक रुपमा करोडौंको आयस्रोत रहेको विद्यालय भएकाले यसको नेतृत्वका लागि ठूलै दौडधुप भैरहेको छ । स्रोतले दिएको जानकारी अनुसार विद्यालयले कोठाभाडा मात्रै बर्षमा एक करोडबढी भाडा उठाउँदै आएको छ । तर त्यसको पारदर्शीता माथी पटक पटक प्रश्न उठने गरेका छन् ।
पत्रकार नगेन्द्र उपाध्याय टेकबहादुर कार्कीको अभिभावक बनेका छन् । पत्रकार सुदिप पुरी पुनमखाम्चा मगरेको अभिभावक बनेका छन् । त्यसैगरी कुलमान नेपाली यमुना खाम्चाको अभिभावक बनेका छन् । दयाराम आचार्य आकाश सुवेदीको अभिभावक बनेका छन् । रुद्रबहादुर भट्टराई दिपक बादीको अभिभावक बनेका छन् । गंगा न्यौपाने टिकाराम उपाध्यायको अभिभावक बनेका छन् । प्रकाश नेपाली पैमबहादुर शाहीको अभिभावक बनेका छन् । कुलबहादुर खड्का उमेशबहादुर शाहीको अभिभावक बनेका छन् । अस्मिता कुँवर प्रेमा शाक्यको अभिभावक भनेका छन् । पत्रकार राजु कोइराला जगतप्रसाद कँडेलको अभिभावक बनेका छन् । पत्रकार कुलबहादुर खड्का उमेशबहादुर शाहीका अभिभावक बनेका छन् । पत्रकार कलेन्द्र सेजुवाल पारश शाहीको अभिभावक बनेका छन् । खेताला अभिभावक बन्नेमा शिक्षक, पत्रकारदेखि व्यापारी समेत रहेका छन् । 
मताधिकारका लागि तयार गरिएका खेताला अभिभावकहरुको विवरण ः
क्र.स. विद्यार्थीको नाम कक्षा अभिभावक
१. यमुना खाम्चा कुलमान नेपाली
२. मञ्जुकुमारी शाही कल्पना गिरी
३. दीपक बादी रुद्रबहादुर भट्टराई
४. समीक्षा उपाध्याय १० प्रेमबहादुर बुढा
५. लक्ष्मण बैगार १० गोविन्द केसी
६. नारायण पाण्डे १० गोविन्द ब. अधिकारी
७. शैलेश नेपाल नारायण प्र. सापकोटा
८. महेन्द्र वि.क. खगेन्द्र शाही
९. टीकाराम उपाध्याय १० गंगा न्यौपाने
१०. जीवानन्द पाण्डे उषा के.सी.
११. पवित्रा शाही चन्द्र ब. विष्ट
१२. भोलाराम पंगाली पुष्पा रिजाल
१३. नारायण ब. हमाल इन्द्रप्रसाद आचार्य
१४. कमला कु. नेपाली गोविन्द प्र.कोइराला
१५. सिता बोहोरा देवेन्द्र कोइराला
१६. संगिता खत्री इश्वर थापा
१७. बलबहादुर बोहरा टेकबहादुर सार्की
१८. जगत ऐडी ओमबहादुर खड्का
१९. चन्द्र ब. सिजालीमगर प्रेमबहादुर शाही
२०. लक्ष्मी भटट्राई रतन सेजुवाल

No comments:

Post a Comment