सुर्खेत, ४ साउन ।
चिउरी संकलक कृषकहरुका लागि ३ दिने चिउरी विजुला सुकाउने तालिम सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । चिउरी संकलन गर्ने किसानहरुलाई चिउरीको दीगो संरक्षण गर्दै चिउरी संकलन, प्रशोधन र ग्रेडिङ्ग गर्ने र विक्री वितरणका लागि सुकाउने सीपको विकास गरी थप तथा दीगो रुपमा आयआर्जन गर्नमा सहयोग
गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
तालिममा देउती हर्वल उद्योग औधोगिक क्षेत्र सुर्खेतका साझेदार शेयर सदस्य नवधारापानी कृषि तथा जडिवुटि सहकारी संस्था लि. धारापानी, जुरीमालिका जडिवुटि सहकारी संस्था लि. साहारे र चन्द्रसुर्य वहुउद्देश्यिय सहकारी संस्था लि. लेखफर्सा, सोतखोला जडिवुटि सहकारी कुनाथरी, भेरी सामुदायिक ग्रामिण वहउद्देश्यिय सहकारी वावियाचौर र नवलक्ष्मी साना किसान कृषि सहकारी संस्था लि. गुठुका ३२ जना कृषक तथा सहकारी संचालकहरुको सहभागिता रहेको थियो ।
क्रियटिभ परामर्श सेवा केन्द्र सुर्खेतको आयोजना तथा देउती हर्वल उद्योगको समन्वय र जिआईजेड ईन्क्लुड कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको तालिम केन्द्रका अध्यक्ष रुद्र आचार्यको सभापतित्व तथा कुनाथरी गाविसका सचिव लालवहादुर केसीको प्रमुख आतिथ्यता, भन्सार विभाग काठमाण्डौंका उपसचिव श्री मनोजनिधी वाग्लेको विशेष आतिथ्यता तथा देउती हर्वल उद्योगका व्यवस्थापक परशुराम कंडेलको विशेष आथित्यतामा तालिम सम्पन्न भएको थियो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका अध्यक्ष आचार्यले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै वहुउपयोगी एवं कल्पवृक्ष चिउरीको बोटबाट सहकारीका विपन्न वर्गका मानिसहरुले लाभ लिनुपर्ने र यसका लागि सम्वन्धित सहकारीले संकलन गरी सामूहिक रुपमा ड्रायर हाउस निर्माण गरेर सुकाई हर्वल उद्योग सम्म पु¥याउनका लागि सहयोग गर्नुपर्ने विचार राखे ।
चिउरी संकलन, प्रशोधनको व्यवहारिक रुपमा संचालन गरिएको तथा चिउरी विजुला सुकाउने घर (ड्रायर हाउस) निर्माण समेत गरिएकोे तालिमको सहजिकरण मनोजनिधी वाग्ले र रुद्र आचार्यले गरेका थिए ।
No comments:
Post a Comment