सुर्खेत, १४ साउन ।
एक्कासि पशु चौपाया मर्न थालेपछि सुर्खेतको हरिहरपुर र उत्तरगङगा–४ का स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
बिहान केही पनि नभएका पशु बेलुका एक्कासि मर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् ।
उत्तरगङगा र हरिहरपुर–४ को सिमानामा पर्ने कालिका मन्दिर नजिक शनिबार बेलुका र आज बिहान गरी ६ वटा गाईका बाच्छा मरेको स्थानीय भद्रबहादुर बादीले बताए । बलबहादुर सार्कीका दुईवटा बाच्छी, देवबहादुर विकका दुईवटा र कालिका मन्दिरका पुजारीका तीन वटा बाच्छा मरेको बादीले जानकारी दिए । कुनै बिरामी नभएका बाच्छा एक्कासि झोक्रीएर मर्ने गरेको उनको भनाइ छ । आफूहरुले यसरी कहिल्यै पनि पशुचौपाया मर्ने गरेको थाहा नपाएको भन्दै बादीले यसबाट गाउनै त्रसित भएको बताए ।
No comments:
Post a Comment