गोविन्द खत्री
सुर्खेत, १५ साउन
सुर्खेत जिल्लामा सञ्चालन भएका विशेष शिक्षा अन्र्तगत अधिकांश स्रोत कक्षाहरुको अवस्था दयनीय रहेको छ ।
नेपालमा रहेका विभिन्न किसिमका अपांगता भएका ब्यक्तिहरुलाई सामाजिकरणका निम्ति जनचेतना ल्याउने वातावरण सृजना गर्न र उनीहरूलाई स्वावलम्बी एवं आत्मनिर्भर बनाउन अपांगता अनुकूल शिक्षाको उचित व्यवस्था गर्ने उद्देश्यले नेपाल सरकारले विशेष शिक्षा कार्यक्रम, २०२१ सालमा सुरु गरेको थियो । योजनाबद्ध रूपमा विशेष शिक्षाको विकास र विस्तारको प्रयास २०२८ सालमा लागू भएको राष्ट्रिय शिक्षा पद्धतिको योजनाबाट भएकोमा सुर्खेतमा २०५२ सालमा सुरु भएको थियो । हाल जिल्लाका विभिन्न विद्यालयहरुमा दश विशेष शिक्षाका स्रोत कक्षाहरु सञ्चालनमा रहेपनि व्यवस्थीत हुन नसक्दा दयनीय बनेका हुन् । सुरुमा एक स्रोत केन्द्रमा दश जना विद्यार्थी रहने गरी भौतिक संरचना निर्माण गरिए पनि हाल बिद्यार्थीहरुको संख्या धेरै भएपछि अधिकांश स्रोत केन्द्रहरुमा आवस तथा खानपिन शौचालय, बत्ति लगाएतका थुपै समस्या रहेको शिखर उच्च मावि रामघाटका प्राचार्य धनसिंह खड्काले बताए । विशेष शिक्षा नीति अनुसार अपाङगता भएकाहरु दृष्टिविहीन वा दृष्टिशक्ति कम
भएका, बहिरा तथा सुस्त श्रवण भएका, सुस्त मनस्थिति भएका, शारीरिक अपांग भएका, सिकाई
कठिनाई (असक्षमता) भएका बोली, भाषा र संचार क्षमतामा समस्या भएका एवं बहु अपाङ्गता भएकाहरुलाई छुट्टा छुट्टै स्रोत केन्द्रहरुमा शिक्षा दिने उद्देश्य रहेको छ । जिल्लाका उमावि गुटु, निमावि कुइनेपानी , बाबियाचौर जनसेवा उमावि घुस्रामा बौद्धिक क्षमता कम भएकाहरुको लागि स्रोत केन्द्र छन् । उमावि बड्डीचौर, कोटखोला मावि मालारानी र नि मावि नापागाउ गुमीमा दुई वटा बहिरा स्रोत केन्द्र र शिखर उच्च मावि रामघाटमा दृष्टि विहीनहरुका लागि विशेष शिक्षाका स्रोत केन्द्रहरु सञ्चालनमा रहेकाछन् । वीरेन्द्रनगर १० खजुरामा भने सिद्ध बहिराको स्कूल अर्थात विशेष विद्यालय सञ्चालनमा रहेको छ । सबै भन्दा धेरै विद्यार्र्थी शिखर उच्च मावि रामघाटमा २७ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । दश जनाको क्षमतामा बनाईएको आवासीय भवन तथा उनीहरुका लागि सरकारले दिने रकम समेत कम हुँदा व्यवस्थापनमा समस्या रहेको विद्यालयमा प्राचार्य धनसिंह खड्काको भनाई छ । प्राचार्य खड्काले सरकारले प्रति विद्यार्थी १७ सय दिने र सो रकमले उनीहरुलाई खाना बस्न देखि सम्पूर्ण पढाई समेतमा प्रयोग गर्ने हुँदा उनीहरुलाई राज्यले अमानविय व्यवहार गरेको दावि गरे । विशेष शिक्षाका लागि तालिम प्राप्त शिक्षकको समेत अभाव भएकाले शिक्षणमा पनि समस्या हुने गरेको खड्काले बताए । व्यवस्थीत रुपमा सञ्चालन हुन नसकेक्नुमा अभिभावक र समुदायको समेत कम चासो हुने गरेको जनसेवा उच्च मावि घुस्राका प्राचार्य भक्तबहादुर शाहीको भनाई छ । अभिभावकले समेत एक पटक पठाएपछि दशै तिहारमा पनि लिन नआउँने हुँदा घर पठाउनका लागि समेत विद्यालयले नै व्यवस्था गर्नु परेको उनले बताए । जिल्ला शिक्षा कार्यालयका विशेष शिक्षा फोकल प्रशन विष्णुप्रसाद भट्टाई स्रोत कक्षाहरु आवासीय रुपमा सञ्चान हुने भएकाले पुरानो भौतिक संरचना र राज्यको उचित लगानी नहुनुले विशेष शिक्षा कार्यक्रममा सोचे जती उपलब्धी हुन नसकेको बताउँछन् । उनका अनुसार जिल्लामा सबै भन्दा बढी विद्यार्थी संख्या रामघाटको स्रोत केन्द्रमा रहेको र जिल्लामा एउटा मात्रै दृष्टि विहीनका लागि स्रोत केन्द्र रामघाट भएकाले पनि व्यवस्थापनमा समस्या रहेको हो । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायलाई पनि स्रोत कक्षा व्यवस्थापन हुन नसक्नुमा राज्यको उचित लगानी नहुनु र अभिभावकको समेत चासो कम हुन नै लागेको छ । फोकल प्रशन भट्टाईका अनुसार कार्यालयले वितरण गर्ने छात्रवृतिका आधारमा जिल्लामा नौ सय ९७ जना अपाङगता परिचय पत्र भएका विद्यार्थीहरु छन् ।
अपांगता भएका बालबालिकाहरूका लागि उपलब्ध शिक्षा सुविधा आवश्यकतानुसार
पर्याप्त छैन । तर पनि प्रति वर्ष शिक्षाको अवसर प्राप्त गर्ने अपांग विद्यार्थीहरूको संख्या भने बढ्दै छ ।
अहिले आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र डानिडाको सहयोगमा विशेष शिक्षा कार्यक्रमसंचालन भैराखेको छ । यो कार्यक्रम आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको अभिन्न अंगको
रूपमा रहेको छ । आधारभूत तथा प्राथमिक शिक्षा परियोजना लागू भएका
जिल्लाहरूमा अपांगता भएका बालबालिकाहरूलाई साधारण विद्यालयहरूमा एकीकृत शिक्षा प्रदान
गर्ने कार्यक्रमको उद्देश्य अनुसार सुर्खेत जिल्लामा पनि लागु भएको जनाइएको छ ।
No comments:
Post a Comment