Monday, July 29, 2013

राप्रपा लेखफर्सामा तिवारी

सुर्खेत, १५ साउन ।
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन लेखफर्साको डिलकुमारी तिवारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सोमबार गठित कार्यसमिति उपाध्यक्षमा टिका पौडेल, नौरता गोइराले, सचिवमा गौमाया सुनार र कोषाध्यक्षमा हिमा तिवारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कलिसरा कामी, प्रेम सुनार र मनकुमारी थापा रहेका छन् । कार्यक्रम राप्रपाका जिल्ला कोषाध्यक्ष इश्वरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment