Monday, July 29, 2013

मपविश्वविद्यालय पदाधिकारीलाई विद्यार्थीले चार घण्टा थुने प्राध्यापक पनि अभद्र बने

सुर्खेत, १५ साउन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीकारीलाई विद्यार्थीले चार घण्टा थुनेका छन् । विद्यार्थीका मागका सम्बन्धमा पदाधिकारीकारी जिम्मेवार नभएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले बैठकबसी रहेको अवस्थामा उपकुलपति निवासमा चार घण्टा बन्दी बनाएका थिए ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटा, रजिष्टार र डिन लगाएतका पदाधिकारीहरुलाई उपकुलपतिकै निवासमा बैठकबसीरहेको अवस्थामा सोमबार बिहान थुनिएका थिए । 
विद्यार्थीले उपकुलपतिलाई थुनेको खबर पाउने बित्तिकै उपकुलपतिको कार्यालय पुगेका प्रध्यापकहरुले विद्यार्थीको आन्दोलनमा हस्तक्षेप गरी जर्वजस्ती ताला फोडेपछि हात हालाहालको स्थिति सिर्जना भएको हो । 
विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच हात हालाहाल भईरहँदा प्रहरी भने बाहिर निस्किएको एक विद्यार्थीले बताएका छन् । विद्यार्थी र प्राध्यापक दुवैलाई बाहिर निस्कन आग्रह गर्दा समेत प्राध्यापकहरुले गेट बाहिर निस्कन नमानेपछि प्रहरीले केही समय दुवै पक्षलाई छोडिदिएको थियो ।
भित्र बैठक बसीरहेको अवस्थामा बाहिरबाट ताला लगाई विद्यार्थीहरुले नाराबाजी गरेका थिए । विद्यार्थीले पदाधिकारीलाई थुनेपछि सुरक्षार्थ भन्दै विश्वविद्यालय उपकुलपति (भिसि) निवास पुगेका प्राध्यापकहरुले आक्रोश व्यक्त गरेका थिए ।
प्रजातान्त्रिक प्राध्यापक संघका अमर रोकायको नेतृत्वमा पुगेका करार प्राध्यापकहरुको समूहले विद्यार्थी माथी अभद्र व्यवहार प्रस्तुत गरेका थिए । विद्यार्थीले लगाएको ताला फुटाउँदै प्राध्यापकहरुले अबको लडाई विद्यार्थीहरुसंग हुने अभिव्यक्ति दिएका थिए ।
‘हाम्रो राजीनामा माग्नेलाई ठिक गछौं, अब हाम्रो लडाई विद्यार्थीसंग हुन्छ’ जस्ता अभिव्यक्ति दिएका प्राध्यापकहरुले अपशब्द बोल्दै व्यक्तिगत रुपमा विद्यार्थीलाई घर घरबाट निकालेर कुटने अभिव्यक्ति दिएका थिए ।
आक्रोशित बनेका विद्यार्थीहरुले केही समय पदाधिकारी र प्राध्यापकहरुको गुण्डागर्दी शैलीको विरोध जनाएका थिए । करारमा नियुक्ति पाएका प्राध्यापकहरुले गुण्डागर्दी शैलीमा विद्यार्थीहरुले लगाएको ताला फुटाएको, विद्यार्थीलाई अपशब्द बोल्दै गाली गरेको, हातपात गरेको भन्दै विद्यार्थीहरुले केही समय नारा जुलुस समेत गरेका थिए ।
नेपाली काँग्रेस निकटको प्रजातान्त्रिक प्राध्यापक संघ र एकीकृत नेकपा माओवादी निकटको प्राध्यापक संगठन निकटका प्राध्यापकहरु विद्यार्थीको प्रतिकारमा उत्रिएका थिए ।
विगत लामो समयदेखि विभिन्न विद्यार्थी संगठन तथा अन्य पेशागत संगठनहरुले उपकुलपति लगाएतका पदाधिकारीहरुले मनपरी काम गरेको भन्दै विश्वविद्यालयमा आन्दोलन गर्दै आएका छन् । त्यसैगरी सम्भावित झडप र गाडी तोडफोर्ड हुन सक्ने भन्दै विश्वविद्यालयका उपकुलपतिको गाडीलाई स्थानीय प्रशासनले लिएर सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
विद्यार्थीका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियुले मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थित वीरेन्द्रनगर बहुमुखी क्याम्पस गेटमा विद्यार्थीको स्वागतार्थ राखिएको होडिङ बोर्ड र शिक्षा क्याम्पस सुर्खेतमा स्वागतार्थ राखिएको बोर्ड आइतबार राती तोडफोर्ड भएको थियो । आफ्नो नामबाट राखीएको बोर्ड तोडफोड भए पछि विद्यार्थी अँझ आक्रोशित बनेका थिए ।
झडपमा परी केही विद्यार्थी र प्राध्यापक समेत घाइते भएको दुई पक्षको आ—आफ्नै दाबि रहेको छ । यस्तै अनेरास्ववियुले जिल्ला कमिटि सुर्खेत र मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कमिटिले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण घेराउन गरीरहेका बेला केही प्राध्यापकहरुले आफ्ना कार्यकर्ता माथि गाली बेइजती गर्ने, ताल फुटाउने, ज्यान मार्ने समेत धम्की दिएको भन्दै भत्सना गरेको छ । 
“म.प का पदाधिकारीहरुलाई शान्तिपूर्ण तबरले घेराउ कार्यक्रममा वीरेन्द्रनगर बहुमुखी क्याम्पसका केही प्राध्यापकहरुले अनेरास्ववियुका कार्यकर्तामाथि हातपात गरेको क्रियाकलाप प्रति घोर आपत्ति व्यक्त गर्दै यस्ता क्रियाकलाप आगामी दिनमा नदोहो¥याउन सम्बन्धित पक्षलाई चेतावनी दिन चाहान्छौँ” विज्ञप्तिमा उल्लेख गरिएको छ । 
मंसिर ३ गते देखि निरन्तर आन्दोलन, वार्ता, छलफल गर्दै आएका अनेरास्ववियु लगायतका विभिन्न विद्यार्थी संगठनहरु र रजिष्ट्रारबीच भएको सम्झौता हाल सम्म कार्यन्वयन नभएको उल्टै सम्झौताको धज्जी उडाउने गरिएको भन्दै विज्ञप्ति मार्फत भत्सना गरिएको छ ।  
विज्ञप्तिमा आइतबार साँझ अनेरास्ववियको वीरेन्द्रनगर बहुमुखी क्याम्पस र शिक्षा क्याम्पसमा राखिएका बोर्डहरु समेत विश्वविद्यालयका पदाधिकारीको ठाडो निर्देशनमा फालिएको आरोप लगाइएको छ । अनेरास्ववियुले बोर्ड फाल्न निर्देशन दिने र बोर्ड फाल्ने व्यक्तिहरुलाई कडा भन्दा कडा कार्वाहि गर्न कानुनि दायरामा ल्याउन प्रशासनसंग माग गरेको छ । 
पदाधिकारीहरुले नै विश्वविद्यालयमा राजनीतिकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको, आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारीहरु नियुक्त गरेको भन्दै विश्वविद्यालय स्थापनादेखि नै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

No comments:

Post a Comment