सुर्खेत, १९ साउन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन संगठन सुदृढिकरण, सहकारी र अक्षय कोष, सदस्यता बृद्धि, म.प. विश्वविद्यालय सहयोग संकलनका लागि सदस्यमाझ पुग्ने भएको छ ।
संगठनका अध्यक्ष रामबहादुर शाहीको अध्यक्षता एवंम संगठनका केन्द्रीय सदस्य भेरी अञ्चल इन्चार्ज शिवप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
तालिम विभाग र महिला विभागको योजना अनुरुप तीन वटै निर्वाचन क्षेत्रमा नेतृत्व सीप विकास तथा विषयगत तालिम संचालन गर्ने, विजया दशमीको उपलक्ष्यमा स्मारिक प्रकाशित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कास्की जिल्ला निवासी कालिका उमावि बुगा मुगुमा कार्यरत शिक्षक राजेन्द्र न्यौपानेको कालीकोटमा ट्राक्टर दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
No comments:
Post a Comment