सुर्खेत, १९ साउन ।
माइलस्टोन एजुकेशनल एकेडेमीका शिक्षक र संचालकहरुका लागि दुई दिने नेतृत्व विकास तथा सक्रिय शिक्षण सिकाई कार्यशाला शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
कार्यशालामा नेतृत्वका आधारशीला, शैली, रणनीति, गुण, बालमैत्री र सक्रिय शिक्षण सिकाइका बारेमा सहजिकरण गरिने छ । कार्यशालामा २० जनाको सहभागिता रहेको छ । तालिम स्रोत व्यक्ति चौहानसिह राना, टीकाराम आचार्य र पूर्णप्रसाद पौडेलले सहजिकरण गरेका थिए ।
No comments:
Post a Comment