सुर्खेत, २० असार ।
खुल्ला दिशामुक्त अभियानलाई प्रभावकारी बनाउँदै आगामी रणनीतिक योजना तयार गर्न जिल्ला सम्मेलन गरिँदैछ । सन २०१५ सम्ममा सुर्खेत जिल्लालाई खुल्लादिशा मुक्त गराउने अभियानलाई प्रभावकारी बनाउन जिल्लामा सरसफाई सम्मेलन गर्न लागिएको हो ।
आगामी असार २२ र २३ गते गरिने सम्मेलनमा सुर्खेत जिल्लाका राजनीतिक दल, गाविस सचिव, सरोकारवाला गैरसरकारी संघ—संस्थाका प्रतिनीधि, खुल्ला दिशामुक्त अभियानमा सक्रियता ल्याउन सम्मेलन गरिएको बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
२६ औं खुल्ला दिशामुक्त गाविस बन्न लागेको मालारानी गाविस सहित नगरका ३ वटा वडा खुल्ला दिशामुक्त भई सकेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा १४ गाविसमा अझैं सहयोगी संस्था नबनेको बताइएको छ । जिल्लाका ३ सयको बढीको उपस्थित हुने सरोकारवाला व्यक्तिहरुको ११ वटा समूह बनाएर आगामी दिनमा के कस्ता योजना बनाएर अगाडी जाने भन्ने नीति तय गरिने झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए ।
उनले “दुर्गम गाविसमा कोही जान चाहँदैनन, बाटोको छेउछाउका गाविस मात्रै घोषणा गरिएको छ । अव दुर्गम गाविसमा समेत प्रभावकार बढाउन जिल्ला सम्मेलनको आयोजना गरिएको हो ।” जिल्लाका आधाभन्दा बढी गाविस खुल्ला दिशामुक्त भए पनि अहिलेको सुस्त स्थितिलाई हेर्दा सन २०१५ सम्म सुर्खेतलाई खुल्ला दिशामुक्त गराउन नसक्ने स्थिति देखिनुले सरोकारवाला सबैको जमघट गराएर अघि बढ्ने सोच बनाएको देवकोटाको दावि थियो ।
खुल्ला दिशामुक्त भइसकेका गाविसलाई कसरी दिगो रुपमा बढाउने र घोषणा नभएका गाविसलाई कसरी घोषणा गर्ने बारे योजनाहरु तयार गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन गरिने क्षेत्रीय अनुगमन कार्यालयमा सिनियर इन्जिनियर सरेश महाजुले जानकारी दिए ।
खुल्ला दिशामुक्त गराउने कार्यक्रममै यो आर्थिक बर्षमा खुल्ला दिशामुक्त हुने गाविस मालारानी गाविस रहेको पनि जानकारी दिइयो । मालारानी गाविसलाई आज विहिबार २६ औं गाविसका रुपमा खुल्ला दिशामुक्त गराइँदैछ । दई दिने सम्मेलन सफल पार्न खुल्ला दिशामुक्त अभियानमा लागेका विभिन्न संघ संस्थाले ७ लाखको जगेडा कोष खडा गरी त्यहीबाट खर्चमा सम्मेलन गर्न लागिएको सरोकारवालाहरुले बताएका छन् ।
No comments:
Post a Comment