Wednesday, July 3, 2013

६ सय ४० जना स्वरोजगार हुँदै

सुर्खेत, २० असार ।
द्धन्द्धपीडित परिवारका ६ सय ४० जना युवाहरु स्वरोजगार हुने भएका छन् । शान्ति मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय संघ संस्थाहरुले विभिन्न रोजगारमूलक तालिम संचालन गरेका छन् । तालिममा सहभागि ६ सय ४० युवाहरु स्वरोजगार हुने भएका हुन् ।

द्धन्द्धपीडितका परिवारहरुलाई रोजगारी दिने तथा स्वरोजगार बनाउने उद्देश्यले सन्चालन कार्यक्रमको बुधबार वीरेन्द्रनगरमा समिक्षा गरिएको छ । सुर्खेत जिल्लाका द्धन्द्ध पीडितहरु मध्ये विभिन्न संघ संस्थाले ६ सय ४० जनालाई स्वरोजगार बनाउन थालिएको छ ।
सुर्खेतमा घरेलु तथा साना उद्योग,  नेपाल इन्जिनियरिङ राष्ट्रिय प्राविधिक शिक्षालय र फिसटेल नामक संस्थाले तालिम संचालन गर्न शान्ति मन्त्रालयबाट सहयोग पाएका छन् । रोजगार तथा सीप विकास कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लामा टेलरिङ, बेमौसमी तरकारी, सामुदायिक पशुपालनमा दुई सय ८० जनाले तालिम लिइ रहेको तालिम संचालनकहरुले बताएका छन् । 
संचालन गरिएका तालिमको अवधि कम भएको र फेरी पनि त्यत्तिकै अवधि थप गरी तालिम ६ महिनाको गराउनुपर्ने गुनासो संचालित सबै तालिमका सहभागिले राखेको समिक्षा बैठकमा उठाइएको छ । तालिम लिने प्रति व्यक्तिले ३ महिनाको तालिम अवधिभर १९ हजार २ सय रकम प्राप्त गर्ने भएकाले पनि सहभागिहरु दक्ष र रोजगार उन्मुख बन्ने भन्दा पनि सरकारी भत्ता प्राप्त गर्ने मनसाय मात्र राखिएको पनि हुन सक्ने अनुगमनका क्रममा पाइएको अनुगमनकर्ताहरुले बताएका छन् ।
तालिम प्राप्त गर्ने व्यक्तिहरुलाई स्वरोजगार गराउन उनीहरुले प्राप्त गरेको तालिम अनुसारको स्रोत साधन र विनाधितो ऋण पाउने व्यवस्था गरिनुपर्ने माग उनीहरुको रहेको छ । घरेलु तथा साना उद्योगले सञ्चालन गरेको सिलाइ कटाइ तालिममा तालिम पछि ८० प्रतिशत छुटमा सिलाइ कटाइ मेसिन उपलब्ध गराउने बाहेक अन्य तालिममा त्यस्तो सामाग्री वा रकम सहयोग गर्ने व्यवस्था नभएकोले स्वरोजगार बन्न कठिनाई उत्पन्न हुने पनि सहभागिहरुको गुनासो छ ।
तालिम स्थलहरुमा गत ११ गते सहायक प्रजिअ अर्जुन शर्माको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा तालिमका लागि आवश्यक सामाग्री अभाव देखिएकाले तालिम प्रभावकारी नभएको गुनासो आएको छ ।  समिक्षा बैठकमा उठेको गुनासो अनुसार तालिम सञ्चालन गर्दा राख्नुपर्ने तालिम सञ्चालन गर्दा राख्नुपर्ने सम्पूर्ण सामाग्री तीन दिन भित्र यस स्थानमा नराखे आफूले तालिम सञ्चालन अनुमति रोक्न शान्ति मन्त्रालयमा लेखि पठाउने जानकारी प्रजिअ पुरुषोत्तम कुँवरले दिए । 
तालिम स्थलमा सिलाइ मेसिन, कम्प्यूटर, जेनेरेटर र स्टेशनरी कच्च पदार्थ पर्याप्त मात्रामा नभएको प्रतिवेदन अनुगमन समितिले पेश गरेपछि प्रजिअ कुँवरले संस्थाका सञ्चालकहरुलाई चेतावानीनै दिनु परेको छ । यता सञ्चालकहरुले भने आफूहरुले आवश्यक सामाग्री सबै उपलब्ध गराएको र नपुगेका सामाग्री ३ दिन भित्र दुरुस्त राख्ने जानकारी दिएका छन् ।

No comments:

Post a Comment