सुर्खेत, २० असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रजातान्त्रिक महिला संगठन वीरेन्द्रनगर—१, वडा कमिटीको अध्यक्षमा गोमा पुरी चयन भएकि छिन् । महिला भेलाले बुधबार पुरीको अध्यक्षतामा १४ सदस्यीय महिला वडा कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा दुर्गा पुरी, सचिवमा हरिकला पुरी, सह—सचिवमा गिता गिरी, कोषाध्यक्षमा भागिरथि पुरी, सदस्यहरुमा अमृत विक, पार्वती विष्ट, पुतला थापा, सावित्रा विष्ट, लक्ष्मी पुरी, बालकुमारी केसी, गोमा सोमैमगर, चन्द्रा विक र तुलसी गिरी चयन भएका छन् ।
महिला भेलामा राप्रपा नेपालका केन्द्रीय सदस्य कर्णकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता एवंम नगर प्रमुख टंक रेग्मी तथा वीरेन्द्रनगर—२ का सदस्य अमृता पौडेलको उपस्थितिमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment