Wednesday, July 3, 2013

शिखर माविको आँप विक्रिमा

सुर्खेत, २० असार ।
शिखर उच्च मावि रामघाटले विद्यालय परिसरमा उत्पादिन आँप विक्रिका लागि आव्हान गरेको छ । विद्यालयको कम्पाउण्ड भित्र उत्पादित आँप विक्रिका लागि सार्वजनिक रुपमा आव्हान गरिएको हो ।
३६ रोपनी क्षेत्रफलमा करिव एक लाख बराबरको आँप रहेको विद्यालयका प्राचार्य धनसिंह खड्काले जानकारी दिए ।
आँप विक्रिबाट विद्यालयको भौतिक पूर्वाधार, आँप बगैचा सुधार, विद्यालय संचारमा खर्च गरिने प्राचार्य खड्काले जानकारी दिए । आँप खरिद गर्ने महानुभावहरुका लागि बिहिबारदेखि तीन दिनका लागि सूचना जारी गरिएको हो । करिव ६० क्वीन्टल आँप उत्पादन भएको छ ।
एक क्वीन्टल भन्दाबढी आँप खरिद गर्नेलाई प्रति केजी १० रुपैयाँ र फुटकरमा खरिद गर्नेका लागि प्रति केजी १२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । विद्यालयले विगत एक दशकदेखि व्यवसायीक रुपमा आँप उत्पादन गर्दै आईरहेको छ ।
गत बर्ष आँप खेती ३० हजार ७ सय रुपैयाँमा बार्षिक ठेक्कामा दिईएको थियो । यो बर्ष विद्यालयले आफ्नै सक्रियतामा आँप खेती गरिएको छ । आँप खरिद गर्न चाहने व्यक्ति, समूह, संघ संस्थाका लागि सम्पर्क नं. ९८५८०५०४१५ नम्बर तोकिएको छ । संघ संस्था, कार्यालयहरुलाई आँप खरिदका लागि विशेष ग्राहयता दिईएको विद्यालयका प्राचार्य खड्काले जानकारी दिए ।

No comments:

Post a Comment