Wednesday, July 3, 2013

अस्पतालमा भ्याक्सिन अभाव

नेपालगन्ज,२० असार ।
कुकुरले टोकेपछि लगाइने रेविज रोगविरुद्धको भ्याक्सिनको अभाव भएपछि स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारार्थ आउने बिरामी मर्कामा परेका छन् । बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको रेविज रोगविरुद्धको भ्याक्सिन सो अस्पतालमा रित्तिन थालेपछि निजी क्लिनिकबाट महँगो मूल्यमा भ्याक्सिन किन्नुपरेको बिरामीको गुनासो छ ।

कुकुरले मानिसको घाँटीभन्दा माथि टोकेको आपतकालीन अवस्थाका बिरामीका लागि भने सो अस्पतालले ‘बफर स्टक’ मा भ्याक्सिन राख्ने गरेको छ । यहाँस्थित क्षेत्रीय मेडिकल स्टोरमा समेत अहिले विशेष अवस्थाका लागि थोरै परिमाणमा मात्रा रेविजविरुद्धको भ्याक्सिन भएको बताइएको छ ।
तथ्याङक अनुसार, दाङको उपक्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन बढी खपत हुने गरेको छ । भेरी अञ्चल अस्पताललाई वार्षिक ५०० भ्याक्ि

No comments:

Post a Comment