Wednesday, July 3, 2013

रोल्पामा विष्फोटक पदार्थ फेला प¥यो

रोल्पा,  २० असार । 
पश्चिम रोल्पाको गैरीगाउँ—६ मा रहेको थुर्पालेकको धुरी ओडारमा एक बोराभन्दा बढी विष्फोटक पदार्थ फेला परेको छ । जङगलको ओढारमा लुकाई राखिएको अवस्थामा विष्फोटक पदार्थ फेला परेको हो ।

माओवादी पूर्वलडाकुको शिविर गैरीगाउँ तिला सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले विष्फोटक पदार्थ मङगलबार बेलुकी फेला पारेको सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण पन्थीले जानकारी दिए । अँध्यारो ओडारमा ७० वटा सकेट बम, भरुवा बन्दुकमा प्रयोग हुने बारुद, बारुद बनाउन प्रयोग हुने दुई बोरा सोडा र डेटोनेटरलाई धमाका दिन प्रयोग हुने पाइप दुई बन्डल फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
विष्फोटक पदार्थ कसले किन राखेको भन्ने अझै खुल्न नसकेको बताइएको छ । बम निष्क्रिय टोलीले निष्क्रिय पार्नेे तयारी भइरहेको प्रहरी नायब निरीक्षक सरोज पौडेलले जानकारी दिए । विष्फोटक पदार्थ फेला पारेको स्थान पूर्व माओवादी लडाकुको पाँचौं डिभिजनअन्तर्गत ज्वार स्मृति बिग्रेडको शिविर रहेकोदेखि एक घण्टाको दूरीमा रहेको बताइएको छ । थुर्पालेक नजिकै दुम्ला गाउँमा युद्धका बेला तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबीच दिउँसै भिडन्त भएकाले त्यसबेला नै लुकाएर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस

No comments:

Post a Comment