Sunday, August 11, 2013

‘१६ बर्ष उमेर पुगेका मताधिकारको अधिकार पाउनु पर्ने’

सुर्खेत, २८ साउन ।
१६ बर्ष उमेर पुगेका युवाले मताधिकार पाउनपर्ने सुर्खेत जिल्लाका यूवाहरुको माग रहेको एक सर्वेक्षणले देखाएको छ । हालको १८ वर्षिय मापदण्ड घटाएर १६ वर्षमा झारिनुपर्ने उनीहरुको माग छ ।  

राष्ट्रिय युवा महासंघ नेपाल सुर्खेत, र सुर्खेत तालिम तथा अनुसन्धान केन्द्रले संयुक्त रुपमा २० दिनसम्म गरेको सर्वेक्षणले १६ बर्ष उमेर पुरा भई नागरिकता प्राप्त गर्ने आधिकार दिएपछि राज्यको अन्य निकाय तथा निती निर्माणको क्षेत्रमा समेत सहभागी बनाउनुपर्ने मत युवाहरुको रहेको छ । 
निति निर्माण तहमा भने दक्ष र परिपक्व व्यक्तिको आवश्यक पर्ने भएकोले संसद तथा संविधानसभा निर्वाचनको लागि भने हालको २५ बर्ष उमेरको मापदण्डलाई बढाएर ३० वा ३५ बर्षमा पु¥याउनुपर्छ भन्ने सहभागीहरुको संख्या धेरै भएको राष्ट्रिय युवा महासंघ नेपाल, सुर्खेतका जिल्ला संयोजक सूर्यप्रकाश कँडेलले जानकारी दिए ।
जिल्लाका युवा, आमनागरिक, राजनितिक दल, नागरिक समाज, पत्रकार  तथा विभिन्न उमेर समुहमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा १६ बर्ष उमेर पुगेका युवाले मताधिकारको अधिकार पाउनुपर्ने पक्षमा ९० प्रतिशत र संसद तथा संविधानसभा निर्वाचनको लगि २५ बर्ष को उमेर अपरिपक्व भएको भन्नेमा ८० प्रतिशत मत परेको सर्वेक्षणकर्ताहरुले बताएका छन् । 
तीन सय जनामा गरिएको सर्वेक्षेणमा दश जना गणकहरु सहभागी थिए । राष्ट्रिय युवा महासंघ नेपालले हाल देशभर यो सर्वेक्षण अभियान सञ्चालन गरिरहेको छ । सुर्खेतमा भने राष्ट्रिय युवा महासंघ नेपाल, सुर्खेत र सुर्खेत तालिम तथा अनुसन्धान केन्द्रले संयुक्त रुपमा सर्वेक्षण गरेका थिए ।

No comments:

Post a Comment