सुर्खेत, २८ साउन ।
सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा आइतवार छिन्चुमा घुम्ती सेवाको आयोजना गरिएको छ । उद्योग बाणिज्य संघ, कर कार्यालय र घरेलु कार्यालयले सेवा दिएका हुन् । करिव १५० जना सेवाग्राहीले सेवा लिएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए ।
उनले आज सोमवार बोटेचौर र भदौ ७ गते बावियाचौरमा घुम्ती सेवा संचालन गरिने जानकारी दिए । सदरमुकाम बाहिरका व्यापारी व्यवसायीहरुलाई घरदैलोमै सेवा दिनका लागि विगतमा झैं यसपटक पनि घुम्ती सेवाको आयोजना गरिएको संघले जनाएको छ ।
No comments:
Post a Comment