Sunday, August 11, 2013

उपाध्याय केन्द्रीय सदस्यमा निर्वाचित

सुर्खेत,२८ साउन ।
नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय सदस्यमा हिमकुमारी उपाध्याय निर्वाचित भएकी छन् । सुर्खेत स्थित भवानी छापाखाना (अफ्सेट—प्रेस) का प्रोप्रराईटर उपाध्याय खुल्लाबाट महिला कोटामा निर्विरोध निर्वाचित भएकी हुन् ।

हालै काठमाण्डौंमा सम्पन्न मुद्रण उद्योग महासंघको राष्ट्रिय महाधिवेशनले २२ सदस्यीय नयाँ केन्द्रीय कमिटी समेत गठन गरेको छ । केन्द्रीय कमिटीमा महिलाको प्रतिनिधित्व गर्ने उपाध्याय एक मात्र हुन् । केन्द्रीय सदस्यमा निर्वाचित उपाध्यायले मुद्रण उद्योगहरुको व्यवसायीक हकअधिकार स्थापित गर्न आफू निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेकी छिन्  ।

No comments:

Post a Comment