सुर्खेत, २० साउन ।
काँक्रेविहरमा बुद्धको मूर्र्ति स्थापना गर्ने विषयमा उत्पन्न विवादले सुर्खेतीहरुमा तनाव सृजना गुर्नका साथै को जनजीवन प्रभावित भएको छ ।
सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर बजारदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको काँक्रेविहार भगनावषेसमा बुद्धको मूर्र्ति स्थापना गर्न खोज्ने र स्थापना गर्न नदिने पक्षबीचको विवादका कारण गरिएका बन्द हड्तालले सुर्खेतवासीलाई प्रत्यक्ष रुपमा सास्ती खेप्नु परेको हो ।
बौद्ध धर्मालम्बी समुदाय र आदिवासी जनजाती महासंघ काँक्रेविहारमा बुद्ध मूर्र्ति स्थापना गर्न पाउनुपर्ने र हिन्दु, क्रस्चियन, मुस्लिम धार्मिक समुदाय र ठकुरी, क्षेत्री ब्राह्मण, दशनामी लगायतका जातिय संस्थाहरु मूर्र्ति स्थापना गर्न नहुने पक्षमा उभिएका छन् ।
बुद्ध मूर्र्ति स्थापना गर्न नहुने माग राख्दै आएका धार्मिक तथा जातीय संस्थाहरुले शनिबार सुर्खेत बन्द गरेपछि जनजीवन प्रभावित बन्यो । काँक्रेविहारमा बौद्ध मूर्ति स्थापना गर्दा जातीय तथा धार्मिक सहिष्णुतामा खलल पुग्ने भन्दै ती संस्थाहरुले बन्द आह्वान गरेका थिए । बन्दका कारण पसल, उद्योग, कलकारखाना र सवारी साधन पूर्णरुपले बन्द भए थिए । शनिबार भएकाले शैक्षिक संस्थाहरुमा खासै प्रभाव नपरे पनि यात्रु तथा पर्यटकहरु र सर्बसाधारणले सास्ती खेप्नु परेको थियोे ।
साथै जिल्लामा शनिबारका लागि आयोजना गरिएका विभिन्न समारोह तथा कार्यक्रमहरु प्रभावित भएका थिए । बन्द कर्ताहरुले मंगलगढी र अन्य मुख्य¬¬ मुख्य चोकहरुमाबसी सवारी चल्न दिएका थिएनन् । दुबै पक्षले आ¬¬ आफ्ना अडान सहित चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेका छन् ।
सुर्खेत यता उद्योग बाणिज्य संघले भने बारम्बार गरिएका बन्द हडतालका कारण उद्योग व्यावसाय धरासायी बन्दै गएकाले बन्द हडताल नगरी शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
No comments:
Post a Comment