Saturday, August 3, 2013

सरसफाईका लागि किशोरकिशोरीको ¥याली

सुर्खेत, २०  साउन ।                                                     
सरसफाई सम्बन्धि जनचेतना फैलाउनका साथै गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाउन जनचेतना दिने उद्देश्यले लाटिकोइलीका किशोर किशोरीहरुले ¥याली निकालेका छन् ।
गाविसका विभिन्न स्थानमा सञ्चालित १९ किशोर किशोरी सम्बाद केन्द्रको अगुवाईमा शनिबार ¥याली निकाली विभिन्न वडाहरुमा परिक्रमा गरिएको थियो ।
लाटीकोइली गाविसलाई खुला दिसामुक्त बनाउन संबाद केन्द्रको अभियान भन्ने नारा सहित निकालिएको ¥यालीमा सरसफाई सम्बन्धि चेतनामूलक नाराहरु लगाइएको सम्बाद केन्द्रका सहजकर्ता हरी चौधरीले जानकारी दिएका छन् । 
गाविसलाई खुला दिसामुक्त बनाउने उद्देश्यले अभियान थाले पनि गाविस कार्यालयबाट भने कुनै प्रतिनिधि सहभागी नभएको चौधरीले जानकारी दिए । किडाक नेपाल र वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) को सहयोगमा अभियान सञ्चालन गरिएको जनाइएको छ ।  

No comments:

Post a Comment