सुर्खेत, २० सुर्खेत ।
वीरेन्द्रनगर जुनियर जेसीज सुर्खेतको विशेष साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । विशेष साधारणसभाले वीरेन्द्रनगर जेसीज वर्ष २०१० का कार्यवाहक अध्यक्ष देवेन्द्र सेजुवाललाई जुनियर जेसीजलाई पुनःस्र्थापित गर्नुको साथै संस्थालाई उचाईमा पु¥याउन समेत अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान स्वरुप मानार्थ सल्लाहकारमा मनोनित गरेको छ ।
नेपाल जेसीज वर्ष २०११ को राष्ट्रिय बालअधिकार कार्यक्रम संयोजक समेत भई कार्य गरिसकेका सेजुवाल हाल वीरेन्द्रनगर जुनियर जेसीज, सुर्खेत महिला जेसीज, कर्णाली जेसीज लगायत नेपाल जेसीजका विभिन्न शाखाका सल्लाहकार समेत रहेका छन् ।
सो अवसरमा बोल्दै मानार्थ सल्लाहकार सेजुवालले वीरेन्द्रनगर जुनियर जेसीजले मानार्थ सल्लाहकार मनोनयन गरेर आगामी वर्षहरुका लागि समेत जेसीजमा आफ्नो जिम्मेवारीलाई बढाएको कुरा बताए । जुनियर जेसीज वर्ष २०१३ का अध्यक्ष एकेन्द्रप्रसाद जैसीको अध्यक्षतामा सम्पन्न भएको सो विशेष साधारणसभाले वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१३ का कानुनी सल्लाहकार हरिलाल खड्काको संयोजकत्वमा ५ सदस्य विधान संशोधन समिति समेत गठन गरेको छ ।
No comments:
Post a Comment