Saturday, August 3, 2013

सुर्खेतमा पहिलो पटक ‘सल्याम पोइटी«’ को प्रयास

सुर्खेत, २० साउन ।                                                                                                            
सुर्खेतमा पहिलोपटक ‘सल्याम पोइट्री’ को प्रयास गरिएको छ । काठमाडौं वर्ड वारियर कविता समूहका युवा कविहरुको सहयोगमा कोपिला भ्याली स्कुलले सल्याम पोइट्री सम्बन्धी १० दिने अभियान सुरु गरेको छ । 
अभियान अन्तर्गत शनिबार अमेरिकन कर्नर सुर्खेतको हलमा पोइट्रि (वाचन सहित हाउभाउ गर्ने शैलीको कविता) सम्बन्धी परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वर्ड वारियर समूहका नयन पोखरेलले कविहरुमा वाचन गर्ने शैलीको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम १० दिनसम्म जिल्लाका विभिन्न आड विद्यालयहरुमा सञ्चालन गरिने जानकारी दिए ।
उनले विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुलाई स्ल्याम पोइटको बारेमा जानकारी दिनुका साथै प्रतियोगिता गरी आठ विद्यालयबाट २० जना लाई छनौट गरी फाइनल प्रतियोगिता गरिने बताए । फाइनल प्रतियोगिता कोपिला भ्यालीमा १६ गते भव्य समारोह तथा कविता बाचनसँगै हुने छ । क्वी सी अवार्ड स्ल्यामिङ इन सुर्खेत २०१३ नाम दिइएको यस कार्यक्रममा सहभागि हुने उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय प्रतियोगितामा पनि सहभागि गराईने कोपिला भ्यालीका शिक्षक तथा यस कार्यक्रमका संयोजक राजेश गिरीले जानकारी दिए । 
शनिबार भएको अन्तरक्रिया कार्यक्रममा काठमाडांैका कविहरु उज्वला महर्जन, युक्ता सिहं अनुदिप देवान, संकेत श्रेष्ठ र नयन पोखरेलले विद्यार्थी शिक्षकहरुलाई स्याल्याम पोइटको बारेमा जानकारी गराउनुका साथै कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोजकका साथै सुर्खेतका विभिन्न संघसंथा तथा प्राज्ञिक निकायका प्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

No comments:

Post a Comment