सुर्खेत, साउन २० ।
एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी सुर्खेतले शनिबार आगामी निर्वाचनलाई ध्यानमा राखी कार्यविभाजन गरेको छ । एमाओवादी जिल्ला संयोजक भिमबहादुर मल्लको प्रमुख आतिथ्यता तथा अखिल क्रान्तिकारीका अध्यक्ष राजेन्द्र बुढाको अध्यक्षतामा भएको क्रान्तिकारीको विस्तारित बैठकले निर्वाचन केन्द्रित भएर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरुमा संयोजक तोकेको छ ।
क्षेत्र नं.१ मा जिल्ला सचिव रवी केसी, क्षेत्र न.ं २ मा जिल्ला अध्यक्ष राजेन्द्र बुढा र क्षेत्र नं. ३ मा जिल्ला उपाध्यक्ष देवीचन्द्र उपाध्यायलाई संयोजक तोकिएको छ । संयोजकहरुले आ–आफ्नो क्षेत्रमा निर्वाचन सम्बन्धि कार्यक्रम सञ्चालन गर्नेछन् ।
यसैबीच वीरेन्द्रनगर–५ मा एकीकृत माओवादीले महिला वडा कमिटी गठन गरेको छ । रामकुमारी थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । सचिवमा सिर्जना सिंह, कोषाध्यक्षमा मानकुमारी पूरी रहेका छन् ।
No comments:
Post a Comment