सुर्खेत, १३ भदौं ।
नेकपा एमाले गाउँ कमिटी लेखफर्साको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
पार्टी जिल्ला कमिटी सदस्य यज्ञबहादुर रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय कमिटी सदस्य हर्षबहादुर पुन, गाउँ कमिटी उपाध्यक्ष डिलबहादुर खाम्चा, सचिव कृष्ण पुन लगायतले समसामयिक राजनीतिक अवस्था, पार्टीको भूमिका, दोस्रो संविधान सभामा निर्वाचनमा पार्टीको एजेण्डाका बारेमा प्रशिक्षण दिएका थिए ।
विभिन्न राजनीतिक दलबाट पार्टी परित्याग गरी नेकपा एमालेमा समेत केही नेता कार्यकर्ता प्रवेश गरेको जनाईएको छ । कार्यकर्ता भेला तथा प्रशिक्षण डिलबहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment