सुर्खेत, ३ असोज ।
नेपाल यातायात मजदुर संघले विहिबार सुर्खेतको खजुरामा रहेको सिप्रदी ट्रेडिङको शाखा कार्यालय र नेपालगञ्जमा दुई घण्टा धर्ना दिएको छ । मजदुर संघको अगुवाईमा नेपाल ट्रेड युनियनमा आवद्ध श्रमिक संघसंगठनहरुले विहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टे धर्ना दिएका हुन ।
यसअघि बारम्बार लिखित र मौखिक लगायत विभिन्न ढंगले राखिएका मागको सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको जनाइएको छ । सिप्रदीको नेपालगञ्जमा कार्यरत राघव कार्की, राजशमशेर केसी, ऋषिराज पौडेल र मनोज रेग्मीलाई पूर्वाग्राही ढंगले कारवाहीको शैलीमा सरुवा गरेको भन्दै आन्दोलन थालिएको हो ।
राजनीतिक आस्थाकै आधारमा निलम्बित गरिएका चारै जनालाई आन्दोलनको बलमा पुनर्वहाली गरिएपनि फेरि पूर्वाग्रही ढंगले सरुवा गरेको बताइएको छ । आन्दोलनअन्तर्गत शुक्रबार र आइतबारका दिनपनि काम ठप्प पार्ने गरी धर्ना दिने मजदुर संघ सुर्खेतले जानकारी दिएको छ ।
No comments:
Post a Comment