सुर्खेत, ३ असोज ।
आगामी मंसीर ४ गतेका लागी तए गरीएको दोश्रो संबिधानसभाको चुनाबका लागी नेपाल परीबार दल सुर्खेतले उम्मेदवारी छनौट गरेको छ । आज बसेको जिल्ला कार्यसमितीको बैठकले जिल्लाका ३ ओटै निर्बाचन क्षेत्रमा सर्बसम्मत उम्मेदवारको नाम छनौट गरी केन्द्रमा सिफारीस गरेको छ ।
निर्बाचन क्षेत्र नम्बर १ बाट प्रतक्ष्यतर्फ पदश गिरी, समानुपातिकतर्फ श्रीधर तिमीलसेनाको नाम सिफारीस गरेको जनाएको छ । यस्तै क्षेत्र नम्बर २ मा प्रतक्षतर्फ सन्तबहादुर रेग्मी, समानुपातीकतर्फ इन्द्रा सुनार तथा निर्बाचन क्षेत्र नम्बर ३ बाट प्रतक्ष्यतर्फ योगेन्द्रबहादुर कार्की र समानुपातीकतर्फ निरमाया खत्रीको नाम सिफारीस गरेको छ ।।
No comments:
Post a Comment