Monday, September 23, 2013

असल शासनको परिचयात्मक कार्यक्रम


सुर्खेत, ३ असोज ।
असल शासण जिल्ला समन्वय समिति सुर्खेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ पन्थीसंग परिचयात्म कार्यक्रमका साथै उनलाई स्वागत गरेको छ ।  

सुशासनका क्षेत्रमा काम गर्दै आएको असल शासनले आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको प्रति खुशी व्यक्त गर्दै मंगलबार स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रममा आयोग क्षेत्रीय कार्यालय प्रमुख पन्थीले सुशासनका क्षेत्रमा काम गरिरहेको असलशासनलाई सहयात्रीका रुपमा लिएको बताए । 
क्लबबाट निरन्तर सहयोगको अपेक्षा राख्दै पन्थीले संगै सहकार्य गरेर अगाडी बढ्ने बताए । भ्रष्ट्राचार र ढिलासुस्ती भएका सूचनाहरु बाहिर ल्याउनुका साथै सकरात्मक भूमिका मार्फत काम गर्न पन्थीले क्लबलाई आग्रह गरे । क्लबका सल्लाहकार हरि अधिकारीले क्लबले सुशासन स्थापनका लागि कार्यालयलाई क्लबसंग समन्वय गर्न आग्रह गरेको थिए । 
स्थानियस्तरबाट हुने सेवा प्रवाहमा ढिला सुस्ती लगाएता कुराहरुलाई निरुत्साहित गर्दै असल समाज निर्माणमा क्लब सधै लागिरहने बताए । कार्यक्रममा क्लबका कार्यसमिति पदाधिकारीहरुको उपस्थीति थियो ।  


No comments:

Post a Comment