सुर्खेत, ३ असोज ।
दोस्रो पटक हुन गैरहेको संबिधानसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले सुर्खेतले म्यादी प्रहरीको भर्नाको लागी आह्वान गरेको छ । संबिधानसभाको निर्बाचनमा सुरक्षा व्यवस्थापनका लागि भर्ना प्रक्रिया सुरु गरीएको हो ।
१८ वर्र्ष देखी ५० वर्ष ननाघेका सक्षम व्यक्तीलाई म्यादी प्रहरीमा भर्ना हुनका लागी आह्वान गरिएको हो । असोज १४ गते भित्र आवेदन दिन सकिने र १७ गतेबाट छनौट प्रकृया सुरु हुने प्रहरी प्रमख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए . ।
म्यादी प्रहरीका लागी भुपु प्रहरी तथा सैनिकहरुलाई प्राथमिकता दिईने उनले बताए । २३ गते छनौट प्रकृया सकेर कार्यक्षेत्र पठाइने बताइएको छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम तथा नेपाल प्रहरीको प्रहरी जवान सरह तलब, पोशाक र राशन उपलब्ध गराइने छ । संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर ४५ हजार म्यादी प्रहरी परिचालन गर्ने जनाएको छ ।
No comments:
Post a Comment