तीन वटै क्षेत्रको निर्वाचन कार्यालय खुल्यो
सुर्खेत, १ असोज ।
संबिधानसभा निर्वाचनको मिति नजिकीदै गर्दा निर्वाचन सम्बन्धी तयारीलाई तिब्रता दिइएको छ । सुर्खेत जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने मंगलबार वीरेन्द्रनगर निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।
जिल्ला निवार्चन कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी मंगलबार कार्यालयहरुको उद्घाटन समेत गरिएको छ । वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रमा तीनवटै कार्यालयको स्थापना गरिएको हो ।
जिल्ला न्यायाधिस लिलाराज अधिकारीलाई जिल्ला निर्वाचन अधिकृतका साथै क्षेत्र नं. २ को निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । साथै निर्वाचन क्षेत्र नं. १ मा यमबहादुर बुढामगर र क्षेत्र नं. ३ मा उमानाथ गौतमलाई निर्वाचन अधिकृत तोकिएको छ ।
कार्यालय स्थापनासंगै निर्वाचन अधिकृतले आ–आफ्नो क्षेत्रबाट निर्वाचनका कार्यक्रम सुरु गर्ने जनाइएको छ । निर्वाचन कार्यालयको उद्घाटन गर्दै पुनरावेदन अदालतका मुख्य न्यायधिस दीपकरा जोशीले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित रुपले सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
न्यायधिस जोशीले लोकतान्त्रिक मुलुक र शासनका लागि निर्वाचन नै उत्तम विकल्प भएकाले निर्वाचन सफल बनाउनका लागि सबैको सकारात्मक भूमिका आवश्यक रहेको आँैल्याए । उनले निर्वाचन सफल पार्न राजनीतिक दल र सर्बसाधारण जनताको प्रमुख भूमिका हुने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुवँरले निर्वाचनका लागि जिल्लामा शान्ति सुरक्षाको व्यवस्थापन गरिएको बताए । प्रजिअ कुँवरले अधिकृतहरुलाई निर्वाचनलाई केन्द्रीत गरेर प्रभावकारी रुपमा काम गर्न आग्रह गरे ।
उनले निर्वाचनमा उचित सुरक्षाका साथ मतदान गर्ने व्यवस्था प्रशासनले मिलाइरहेको बताए । निर्वाचनलाई सम्पन्न गर्नको लागि एउटै लक्ष्य लिएर काम गर्नुपर्ने कुँवरको भनाई थियो । जिल्ला न्याधिस लिलाराम अधिकारीले निर्वाचनलाई निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नका लागि सबैले सोच्नु पर्ने बताए । निर्वाचनलाई स्वच्छ रुपले सम्पन्न गर्नका लागि निर्वाचन अधिकृतहरु प्रतिबद्ध भएर लाग्ने बताए ।
निर्वाचन आयोगले मंगलबारदेखि देशभरका सवै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय खोलेको छ । निर्वाचन अधिकृत सहित २ सय ४० वटै निर्वाचन क्षेत्रमा कार्यालय खवोलेको आयोगले जनाएको छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावमा उम्मेदवारको बन्दसूचि पेश गर्ने र विजयी उम्मेदवारको छनौटको कानूनी र प्राविधिक पक्षका बारेमा जानकारी दिन आयोगले दलहरुसँग छलफल गरेको छ ।
सोमबार ६५ वटा दलसँग छलफल गरेको आयोगले मंगलबार बाँकी ६५ दलसँग छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन दलहरुको महत्वपूर्ण भूमिका हुने भन्दै त्यो भूमिका निर्वाह गर्न आग्रह गरे ।
No comments:
Post a Comment