सुर्खेत ८ असोज । .
चुनाव बहिस्कारको औपचारिक निर्णय नै गरि बहिस्कारमा लागिरहेको नेकपा¬माओवादीले बहिस्कार सम्बन्धिका गतिबिधिहरुलाई तिब्रता दिइरहेको सयमा सुर्खेतमा पनि कार्यकर्ता प्रशिक्षण गरेको छ
।
माओवादीले सुर्खेत निर्वाचन क्षेत्र नं. २ का आफ्ना अगुवा कार्यकर्तालाई चुनाव बहिस्कार सम्बन्धी प्रशिक्षण दिएको हो । अगुवा कार्यकर्ताहरुलाई माओवादीले मङगलबार वीरेन्द्रनगरमा प्रशिक्षण दिएको छ ।
४ मंसिरको चुनाव बिरोधी कार्यक्रम गदै आएको नेकपा–माओवादीले आफ्ना कार्यकर्तालाई बहिष्कार सम्बन्धिका विभिन्न खाले प्रशिक्षण दिँदै आएको छ । कार्यकर्ता प्रशिक्षण भेला माओवादी भेरी–कर्णाली राज्य समितिका इन्र्चाज मायाँ प्रसादशर्मा (पारसमणि) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा करिब दुइ सय कार्यकर्ताको सहभागिता रहेको सह–सचिव इश्वरभक्त सुनारले जानकारी दिएका छन् ।
No comments:
Post a Comment