Tuesday, September 24, 2013

सरोकारवालाहरुसंग अन्तरक्रिया


सुर्खेत, ८ असोज ।
लघु उद्यमीहरु र सम्बन्धित सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आवाज संस्था सुर्खेतको आयोजना तथा लघु उद्यम विकास कार्यक्रमको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको हो । 

सिप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरेका उद्यमीहरुलाई बजारीकरणका लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।  सिप तथा प्रविधी भएका उद्यमीहरुले उत्पादित वस्तुको माग तथा वजार विस्तार गर्नका लागीसरोकार वाला निकाय विच अन्तरक्रिया गरिएको वताईएकोछ ।  
उद्यम गर्नका लागी आवश्यक जानकारी लिई व्यवसाय  सुरु गर्न आग्रह गरिएको थियो । उनीहरुको वजारको मागको आधारमा वस्तु उत्पादन गर्न आग्रह गरिएको थियो । कार्यक्रममा कुखुरापालन लघु उद्यमी वावियाको डोरी उत्पादनका उद्यमी र तरकारी खेतीका उद्यमी, एग्रोभेट सञ्चालक, फ्रेस हाउस सञ्चाक, कुखुरा व्यवासयी लगयएतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment