Tuesday, September 24, 2013

सुई लगाउँदै हिडने बिरुद्ध सार्बजनिक मुद्धा


सुर्खेत, ८ असोज । 
वीरेन्द्रनगर–१० खजुरामका स्कुले बालकालिकाहरुलाई सुई लगाउँदै हिडेका एक युवक विरुद्ध प्रहरीले सार्बजनिक अपराध अन्तर्गत मुद्धा चलाउने भएको छ ।
करिब डेढ महिना अगाडी बालबालिकालाई अनधिकृतरूपमा सुई लगाए पश्चात फरार भएका खजुराका २४ वर्षीय ललित विकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार नियन्त्रणमा लिएको जनाइएको छ ।
स्कुले बालबालिकाहरुलाई सामूहिक रुमपा सुई खोपी आतङ्कित पारेको आरोपमा सार्बजनिक मुद्धा चलाउने तयारी भैरहेको प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् । 
सुइ लगाईका बालबालिकाका बाबु आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदका आधारमा प्रहरीले बिकलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिरहेको भने पनि फरार घटना भएको करिब डेढ महिनापछि मात्रै बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार बिकलाई आइतबार वीरेन्द्रनगर बजारबाट प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो । विकले खजुराबाट विभिन्न बिद्यालयमा पढ्न जाने विद्यार्थीहरुलाई विद्यालय जाँदा र फर्किंदा जबरजस्ती रुपमा सुई लगाइदिने गरेपछि घटना बाहिर आएको थियो । 
अभिभावकहरुले बिकले लागुपदार्थ सेवनगरी सुई प्रयोग गरेको आशंकामा कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । सुई लगाइएका बालबालिकाहरुको भने लगत्तै रगत परीक्षण गरिएको थियो ।  
बिकले लागुपदार्थ प्रयोग नगरी खाली सुई प्रयोग गरेको बयान प्रहरी समक्ष दिएको भएपनि लागुपदार्थ सेवन गरे नगरेको अनुसन्धानमा रहेको प्रहरीले बताएको छ । 

No comments:

Post a Comment