सुर्खेत, ८ असोज ।
भूमि अधिकार मञ्च सुर्खेतको आयोजनामा भूमि तथा कृषि अधिकार अभियानका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण मंगलबार वीरेन्द्रनगरमा सम्पन्न गरेको छ ।
वीरेन्द्रनगर, लाटीकोइली, जर्वुटा, उत्तरगंगा सहितका १३ गाविस र एउटा नगरपालिका अगुवा कार्यकर्ताहरुको प्रशिक्षणमा सहभागिता रहेको थियो ।
अभियानका क्रममा बस्ति संरक्षण, जोत तथा बसोबास आधारपत्र प्राप्ति र संविधानमा भूमि अधिकार र संयुक्त पुर्जा प्राप्तिका लागि दवाफमूलक र चेतनामूलक अभियान संचालन गरिने जनाईएको छ ।
प्रशिक्षणको सहजिकरण मञ्चका केन्द्रीय अध्यक्ष सोमप्रसाद भण्डारी, क्षेत्रीय व्यवस्थापक लालमणी भण्डारी, जिल्ला अध्यक्ष पहलसिं पहराई, सचिव राजेन्द्र शर्मा र अभियान संयोजक पूर्णप्रसाद सुनारले दिएका थिए ।
No comments:
Post a Comment