Tuesday, September 24, 2013

लघु उद्यमीहरुको अनुगमन


सुर्खेत ८ असोज 
सुर्खेतको पश्चिम क्षेत्रमा लघु उद्यम सञ्चालन गर्दे आएका लघु उद्यमीहरुको अनुगमन गरिएको छ । जिल्ला विकास समीती सुर्खेतको आयोजनामा ती उद्यमीहरुको अनुगमन गरिएको हो । 
लघु उद्यम विकास कार्यक्रम को सहयोगमा आवाज संस्थाले निर्माण गरेका नयाँ उद्यमीहरुको अनुगमन गरिएको हो । पश्चिम सुर्खेतको सालकोट, बाबियाचौर का उद्यमीहरुको अनुगमन गरिएको थियो । 
उद्यमी बन्दा का समस्या र चुनौतीहरुका वारेमा सरोकार वालाहरुले छलफल गरेका थिए । बाबियाचौरको दिदीवहिनी लघु उद्यमी चाउमीन निर्माण लघु उद्यमी समुह, कुखुरा पालन लघु उद्यमी तथा उद्यमीहरु मिलेर सञ्चालनमा ल्याएको पाँचतले गुफाकृषि तथा पशुपालन सहकारी संस्थाको अनुगमन गरिएको थियो । 
अनुगमनमा जिल्ला विकास समिती जिल्ला वन, कृषि कार्यलय, पशुसेवा कार्यालय लगायतका उद्यमीसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सरोकारवालाहरुले लघु उद्यमीहरु लाई आफ्नो कार्यालयवाट हुने सेवा सुविधाका वारेमा समेत जानकारी गराएका थिए । 


No comments:

Post a Comment