Tuesday, September 24, 2013

तालिम सम्पन्न


सुर्खेत ८ असोज ।
सुर्खेतको पोखरीकाँडामा वावियोको डोरी निर्माण सम्बन्धि सिप विकास तालिम सञ्चालन गरिएको छ । लघु उद्यम विकास कार्यक्रम सुर्खेतको आर्थिक सहयोगमा आवाज संस्थाले आयोजना गरेको तालिममा  २९ जना महिला तथा  ५ जना पुरुष गरि ३४ जनाको सहभागीता रहेको छ ।

वावीयोको डोरीबाट बन्ने खाट लगायतका सामान तथा प्लास्टिकको डोरी प्रयोग हुने ठाउँमा वावियोको डोरी प्रयोग गर्न सकिने आवाजकी उद्यम विकास सहजकर्ता शान्ती दाहालले बताईन् ।
वाबियोको डोरी यहाँ भन्दा पनि तराईका जिल्लामा माग बढीरहेको उनीहरुको भनाई छ । जंगलबाट निशुल्क रुपमा पाईने वाबियोबाट समेत डोरी निर्माण गरी आय–आर्जन गर्न सकिने सम्भावना भएको  सहजकर्ता दाहालले बताईन् । 

No comments:

Post a Comment